काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले बालुवाटार जग्गा प्रकरणमा आफू निर्दोष रहेको जिकिर गर्नुभएको छ । बुधबार पत्रकार सम्मेलन आयोजना गरी गच्छदारले व्यक्तिगत रुपमा सरकारलाई हानी हुने कुनै काम आफूले नगरेको बताउनुभयो । गच्छदारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा दर्ता गरिएको मुद्दा पूर्वाग्रह प्रेरित भएको दाबी पनि गर्नुभयो । प्रधानमन्त्री एवम् विशिष्ठ व्यक्तिहरुको निवास विस्तार गर्ने नेपाल सरकारको गुरुयोजना आफूले
भौतिक योजना तथा आवास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभन्दा पहिलादेखि नै प्रारम्भ भएको बताउ“दै उहाले गुरुयोजना आफ्नो निर्णय र निर्देशनले नबनेको स्पष्टीकरण दिनुभयो । तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशनानुसार प्रक्रिया अघि बढेकोमा तह तह हु“दै आफूसम्म आएको टिप्पणी बमोजिम प्रस्तावमाथि निर्णयका लागि आफूले मन्त्रिपरिषदमा प्रस्ताव पेश सम्म गरेको उहा“को भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्