काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परीक्षणबाट १ हजार ३६ जना र एन्टिजेन परीक्षणबाट २ सय ९४ जनामा संक्रमण पाइएकोे हो । मन्त्रालयका अनुसार विगत २४ घण्टामा देशभर ९ हजार ६ सय २६ पीसीआर र ३ हजार ९ सय ९६ एन्टिजेन परिक्षण गरिएको थियो । यसैगरी विगत २४ घण्टामा १ हजार ८ सय ३० जना संक्रमित निको भएका छन् । त्यस्तै
संक्रमणबाट विगत २४ घण्टामा ५ जनाको निधन भएको छ । आज पुष्टि भएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र ४ सय २ जना छन् । जसमा काठमाडौंमा २ सय ६१ जना, ललितपुरमा ९८ जना र भक्तपुरमा ४३ जनामा संक्रमण पुष्टि भएको छ । हाल देशभर रहेका २१ हजार ५ सय २४ जना सक्रिय संक्रमितमध्ये २० हजार १ सय ६४ जना होम आइसोलेसनमा र १ हजार ३ सय ६० जना संस्थागत आइसोलेसनमा छन् ।
प्रतिक्रिया दिनुहोस्