काठमाडौं । मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा सत्ता गठवन्धनका शीर्षनेताहरुबीच अझै मतैक्यता हुन सकेको छैन । सोमबार नया“ बानेश्वस्थित संसद् भवनबाट बाहिरिनेक्रममा पत्रकारसग कुरा गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले छिट्टै पूर्णता पाउने बताउनुभयो । तर उहा“ले कहिलेसम्ममा सरकारले पूर्णता पाउ“छ भन्नेचाहिं स्पष्ट पार्नुभएन । प्रधानमन्त्री देउवाले सत्तारुढ दलहरुबीच छलफल भइरहेकोले मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिने तयारी भइरहेको मात्र जानकारी दिनुभयो ।
तर गठबन्धनकै अर्को घटक जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले भने सरकारले पूर्णता पाउन मन्त्रालयको टुंगो नै नलागेको बताउनुभयो । यसबाहेक जसपा राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता नभएसम्म सरकारमा नजाने पक्षमा छ । ‘दलसम्बन्धी अध्यादेश फिर्ता भएको छैन, त्यो खारेज हुन्छ, खारेज हुनेबित्तिकै मन्त्रिपरिषद् विस्तार हुन्छ’, यादवले भन्नुभयो ।यद्यपि अर्को सत्तारुढ घटक नेकपा एकीकृत समाजवादी भने दलसम्बन्धी अध्यादेश स्वीकृत गर्नुपर्ने पक्षमा छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघि ५ गतेभित्र मन्त्रिमण्डलले पूर्णता पाउने बताउनुभएको थियो । गत असार २९ गते प्रधानमन्त्री नियुक्त भहुनुभएका देउवाले सोही दिन कांग्रेसबाट २ र माओवादीबाट २ जनामन्त्री नियुक्त गर्नुभएको थियो
प्रतिक्रिया दिनुहोस्