काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी बिस्तारै एमालेकरण हुँदै गएको हो कि भन्ने चिन्ता बढेको बताउनुभएको छ ।
आज सूर्यनाथ राम यादवको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टीमा बिस्तारै एमालेकरण हुँदै गएको हो कि भन्ने चिन्ता भएको बताउनुभएको हो । उहाँले नेकपा माओवादी केन्द्र पनि बिस्तारै बिस्तारै व्यवहारमा एमालेको नेताको जस्तै ब्यबहार देखिन थालेकाले चिन्ता बढाएको बताउनुभयो । उहाँले समाजको विकास र न्यायको निम्ति पनि पार्टी र आफूहरुलाई रुपान्तरण गर्नुपर्ने आवश्यक्ता रहेको बताउनुभयो । अध्यक्ष प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निरंकुशता थाहा पाएपनि केही साथीहरुले आफूलाई आत्मसमर्पण गरेको बताउनुभयो । कार्यक्रममा अध्यक्ष प्रचण्डले थोरै मिहेनत गरे नेकपा माओवादी केन्द्र अबको चुनावमा पहिलो नम्बरमा आउन सक्ने दाबी गर्नुभयो ।
अध्यक्ष प्रचण्डले गठबन्धन नबनाएको भए केपी ओलीलाई बालुवाटारबाट हटाउन सम्भव नभएको बताउनुभयो । प्रचण्डले लोकतन्त्र, गणतन्त्र, संघीयतालाई जोगाउन लोकतन्त्र पक्षधरहरु एकठाउ“मा उभिनुपर्ने बताउनुभयो ।







प्रतिक्रिया दिनुहोस्