काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि निरन्तर ११ दिनसम्म कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाउने भएको छ । अहिले पहिलो मात्रा लगाएकालाई कात्तिक ४ देखि १४ गतेसम्म दोस्रो मात्रा खोप लगाइने मन्त्रालयले जनाएको छ । चार उमेर समूहलाई जिल्ला अनुसार खोप दिइने मन्त्रालयले जनाएको छ । ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका खोप लगाउन छुटेका नागरिकलाई खोप दिइनेछ । काभ्रे र चितवनका ३५ वर्षमाथिका खोप लगाउन बा“की नागरिकलाई खोप दिइनेछ । यस्तै १८ वर्ष माथिका खोप लगाउन छुटेका विद्यार्थीलाई पनि खोप दिइनेछ ।
काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछामका ४० वर्ष माथिका खोप लगाउन बा“की सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप दिइनेछ । बा“की जिल्लामा मनाङ, मुस्ताङ र रुकुमपूर्व बाहेकका जिल्लामा भने ३५ वर्षमाथिका खोप लगाउन बा“की सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप दिने तयारी मन्त्रालयले गरेको छ । त्यसबाहेक यसअघि छुटेका अग्रपंक्तिमा खटिने, अत्यावश्यक सेवा, शिक्षक, पर्यटकीय क्षेत्र, होटल व्यवसायमा काम गर्ने व्यक्तिलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले बताएको छ । अन्य जिल्लामा भेरोसेलको पहिलो मात्रा खोप दिइरहेका बेला काठमाडौं जिल्लामा भने आजदेखि भेरोसेलको दोस्रो मात्रा लगाइने भएको छ ।
पहिलो मात्रा खोप लगाएका दुई लाख ४० हजार नागरिक भेरोसेलको दोस्रो मात्रा लगाउन बा“की रहेकाले दोस्रो मात्रा लगाउन थालिएको हो । काठमाडौंमा आजदेखि तीन दिनसम्म भेरोसेलको दोस्रो मात्रा खोप लगाइने छ । काठमाडौंमा १४५ खोप केन्द्र तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्