ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निष्पक्षताजस्ता विषय अपरिहार्य भएको छ– न्यायाधीश कार्की


एबीसी / संवाददाता
आश्विन ३, २०७८ आईतबार  ५ : ३३ बजे

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले न्यायमा सबैको पहुँच आवश्यक भएको बताउनुभएको छ । कास्की जिल्ला अदालत बार एशोसिएशनको नवनिर्मित भवनको आज पोखरामा उद्घाटन गर्दै उहाँले कसैलाई पनि न्यायबाट वञ्चित हुन नदिने गरी काम गर्नु आवश्यक रहेको बताउनुभयो ।

न्यायाधीश कार्कीले निरङ्कुशतामा कानुनी शासन हुन नसक्ने र निरङ्कुशताविरुद्धको आन्दोलनमा कानुन व्यवसायी पनि लागेको स्मरण गर्दै संविधानतः प्राप्त अधिकारलाई कार्यान्वयन गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । न्याय सम्पादनमा स्वतन्त्रता, निष्पक्षताजस्ता विषय अपरिहार्य भएको बताउँदै उहाँले स्वार्थमा नलागी न्याय दिनेतर्फ कानुन व्यवसायी अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । बार एशोसिएशनको आफ्नै भवन निर्माण हुनुले न्याय सम्पादनका कामलाई प्रभावकारी बनाउने बताउँदै उहाँले बार एशोसिएशन र अदालतको सम्बन्ध राम्रो बनाउँदै न्याय सम्पादनलाई स्वतन्त्र र निष्पक्ष बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।

कास्की जिल्ला बार एशोसिएशनका कोषाध्यक्ष युवराज पराजुलीले रु ८६ लाखको लागतमा भवन निर्माण सम्पन्न भएको जानकारी दिँदै यसले न्याय सम्पदानका गतिविधिलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो । वरिष्ठ अधिवक्ता हरिप्रसाद सुवेदी, प्रमुख जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराई, नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलगायतले न्याय सेवालाई स्वतन्त्र, निष्पक्ष बनाउनुका साथै न्यायमा सबैको पहुँच हुने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

सम्बन्धित

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णयसहितको प्रमाण पेश गर्न सर्वोच्चको आदेश

प्रतिनिधिसभा सदस्य निर्वाचनमा साढे ३ अर्ब बढी खर्च

प्रधानमन्त्रीमा शाहको शपथ मिति तय

रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा

समानुपातिक सांसदले पाए निर्वाचित भएको प्रमाणपत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com