ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चलचित्रकर्मीको समस्या समाधानका लागि प्रचण्डले पहल गर्ने


एबीसी / संवाददाता

काठमाडौं । लामो समयदेखि बन्द रहेको चलचित्र क्षेत्र चलायमान बनाउन चलचित्रकर्मीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अनुरोध गर्नुभएको छ । बुधबार बिहान प्रचण्ड निवास खुमलटार पुगेर चलचित्रकर्मीको एक टोलीले प्रचण्डसँग भेट गर्दै समस्या समाधानका लागि पहल गरिदिन अनुरोध गर्नुभएको हो ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान, चलचित्र संघका महासचिव अशोक शर्मा, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा लगायतको टोलीले प्रचण्ड चलचित्रकर्मीको बिभिन्न माग सहितको ज्ञापनपत्र समेत बुझाउभएको छ ।

भेटमा चलचित्र क्षेत्रको क्षतविक्षत अवस्थाको बारेमा आफुलाई पुरै जानकारी रहेको र सक्दो सहयोग गर्न आफु तयार रहेको प्रचण्डले बताउनुभएको चलचित्र संघका महासचिव अशोक शर्माले बताउनुभयो । प्रचण्डले चलचित्र क्षेत्रको समस्याको बिषयमा प्रधानमन्त्री तथा मन्त्रीहरुलाई समेत जानकारी दिने आश्वासन दिएको शर्माको भनाई रहेको छ । चलचित्र क्षेत्रको समस्या र मागको विषयमा सरकारलाई दवाब दिने उदेश्यले चलचित्रकर्मीको टोली राजनीतिक नेताहरु भेटघाटको अभियान बुधबारबाट सुरु गरेको हो । आगामी दिनमा थुप्रै नेताहरुलाई भेटघाट गरेर समस्या राख्दै समाधानको पहलका लागि अपिल गर्ने कार्यक्रम समेत रहेको शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com