काठमाडौं । आजदेखि त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्बन्धन प्राप्त सबै कलेजमा भौतिक उपस्थितिमै कक्षा सञ्चालन हुने भएको छ । कोरोना महामारीको सम्भावित जोखिमबाट बच्न विशेष सर्तकता अपनाइ भौतिक उपस्थितिमै कक्षा सञ्चालन गरिने त्रिविका सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले बताउनुभयो ।
गएको भदौ २७ गते बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले सर्तकता अपनाउ“दै भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । पालिकाले तोकेको समय सीमा र मापदण्डभित्र रहेर त्रिवि अन्तर्गतका कलेज सञ्चालन गरिने जनाइएको छ । यसअघि महामारीको जोखिमलाई ध्यानमा राख्दै अनलाइन कक्षा सञ्चालन भइरहेको थियो ।
अहिले नेपालमा त्रिविको सम्बन्धन प्राप्त क्याम्पस एक हजार चार सय २५ वटा छन् जसमा एक सय ३७ आङ्गिक, पा“च सय आठ सामुदायिक र सात सय ८० निजी क्याम्पस सञ्चालनमा छन् ।








प्रतिक्रिया दिनुहोस्