दैलेख । दैलेखमा एक जना शिक्षकको हत्या भएको छ । गुराँस गाउँपालिका वडा नम्बर ८ मालिका मावि लालीकाँडाका शिक्षक नगेन्द्रबहादुर बीसीको धारिलो हतियारले घाँटी रेटी हत्या भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
विद्यालय नजिकै घर भएका शिक्षक बीसीको शव विद्यालय भवनको बरन्डामा भेटिएको हो । दुई छोरा अध्ययनका लागि कोहलपुरमा रहेका र श्रीमती काम विशेषले सदरमुकाम गएकाले हत्या भएको दिन बीसी घरमा एक्लै रहेका पनि प्रहरीले जनाएको छ । घटनास्थलमा भेटिएको चप्पलको आधारमा स्थानीय मुना खड्कालाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्