हुम्ला, २० पुस । चिसो बढेपछि फैलिएको रूघाखोकी र ज्वरोले हुम्लामा एक हप्तामा ६ जनाको ज्यान गएको छ भने कैयन बिरामी परेका छन् ।
सदरमुकाम सिमिकोटदेखि ५० कोस टाढा पर्ने ताजाकोट गाउँपालिका–५ की २७ वर्षीया रनदेवी परियार र ६० वर्षीया नन्दकला परियारको चिसोका कारण लागेको रुघाखोकी र ज्वरोबाट मृत्यु भएको छ भने केही दिन अघि दक्षिणी भेगमा पर्ने सर्केगाड गाउँपालिकाअन्तर्गत वडा नं ७\८ रोडिकोट गाउँका ९१ वर्षीय भ्याले कार्की, ८८ वर्षीय खैरे शाही, ७८ वर्षीय गोरे जैसी र ५० वर्षीय शंकर रोकायासहित छ जनाको पनि पुस दोस्रो हप्तामा मृत्यु भएको छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी ऋद्धिप्रकाश सिटौलाले तत्काल उक्त गाउँपालिकामा गई उपचार गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिए अनुसार बुधबारै पाँच जनाको टोली औषधि लिएर दक्षिणी भेगमा पुगेको बताए ।
प्रतिक्रिया दिनुहोस्