काठमाडौं ,१९ पुस। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले ५ वर्ष चुप लागेर बस्न कांग्रेस नेताहरुलाई सुझाव दिएका छन् । उनले देउवालाई धेरै चिन्ता नर्गन सुझाव दिएका छन् चिन्ता गर्दा विरामी हुने भएको पाँच वर्ष सम्म रचनात्मक सुझावको अपेक्षा गरेको बताए ।
नेता नेपालले सरकार छाड्न आलटाल गर्ने कांग्रेसको सानैदेखि लागेको बानी भएको बताए । उनले भने, ‘जसरी राजा महाराजाहरुले आफूलाई सत्ताधारी ठान्थे, कांग्रेसले पनि ठान्ने गरेको छ ।’
एमाले नेता नेपालले नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्ने निर्णय भइनसकेको बताए । उद्यपि एमाले अध्यक्ष केपी ओलीको सम्भावना धेरै रहेको बताए ।
उनले अघि भने, ओली प्रधानमन्त्री बन्ने कुरा अस्वभाविक पनि होइन । तर, माओवादीलाई के लाग्छ थाहा छैन । प्रचण्डजी नै पहिले प्रधानमन्त्री बन्ने हो कि ?
यद्यपि वाम गठबन्धनमा प्रधानमन्त्रीका लागि मारामार हुन्छ भन्ने अपेक्षा नगर्न आग्रह गरे । ओली, प्रचण्डसँगै झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादलको समेत व्यवस्थापन गर्नु पर्ने भन्दै उनले आपसी छलफल गरेर नेताहरुलाई उचित र न्यायसंगत जिम्मेवारी दिइने बताए ।
सरकार गठनमा ढिलाइ भइरहेको भन्दै उनले पार्टी एकता प्रक्रियालाई तिव्रता दिनु पर्ने बताए । बैचारिक, राजनीतिक र सैद्दान्तिक विषयमा छलफल गरेर सहमति र विमतिका विषय तय गर्नु पर्ने भन्दै उनले त्यसमा समस्या नहुने बताए ।
प्रतिक्रिया दिनुहोस्