काठमाडौं २०,भदौ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा महासचिवको जिम्मेवारी बेदुराम भुसालले पाएका छन् । औपचारिक घोषणा नभएपनि उनलाई सो जिम्मेवारी अन्तरिम अवधिका लागि दिइएको जनाइएको छ ।
शुक्रबार जारी नेकपा समाजबादीको अन्तरपार्टी निर्देशन–१ मा बेदुराम भुसालको नेतृत्वमा सचिवालय गठन गरिएको उल्लेख छ । ‘पार्टीको दैनिक कार्य सम्पादन गर्नका निम्ति कमरेड डा बेदुराम भुसालको संयोजकत्वमा कमरेडहरु प्रमेश हमाल, राजेन्द्र पाण्डे, डा गंगालाल तुलाधर, डा विजय पौडेल, जयन्ती राई र जीवनराम श्रेष्ठ रहनुभएको सचिवालय गठन गरिएको छ’, अपानिमा भनिएको छ।
नेकपा समाजबादीलेले राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटीलाई पूर्णंता दिएसँगै औपचारिक रुपमा नेताहरुको जिम्मेवारी तोक्नेछ । भुसाललाई कामचलाउ रुपमा उक्त जिम्मेवारी दिइएको हो ।
प्रतिक्रिया दिनुहोस्