ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेनी–जोमसोम सडक क्षेत्रका संरचनाको क्षतिपूर्ति वितरण सुरु


एबीसी / संवाददाता

म्याग्दी, १८ भदौ  :
राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकको क्षेत्राधिकारमा पर्ने संरचनाको क्षतिपूर्ति वितरण सुरु गरिएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाले म्याग्दीको गलेश्वरबाट मुस्ताङको जोमसोम जोड्ने ७६ किलोमिटर दूरीको सडकको क्षेत्राधिकारमा पर्ने १७८ घर÷गोठ र टहराको करिब रु आठ करोड क्षतिपूर्ति वितरण गर्न थालेको हो ।

आयोजनाको कार्यालयका प्रशासन प्रमुख नारायण पौडेलले ११ मिटर फराकिलो हुने स्तरोन्नतिका क्रममा रहेको सडकको क्षेत्राधिकारमा पर्ने स्थायी र अस्थायी संरचना पहिचान, नापजाँच र मूल्याङ्कन सकेर क्षतिपूर्ति वितरण सुरु गरेको बताउनुभयो ।

“मुस्ताङको जोमसोमस्थित कार्यालय र म्याग्दीको गलेश्वरममा रहेको सम्पर्क कार्यालयमा संरचनाका धनीबाट निवेदन सङ्कलन गर्ने व्यवस्था मिलाएका छौँ”, उहाँले भन्नुभयो “सबै संरचनाको क्षतिपूर्ति दिन रु आठ करोड बजेट माग गरिएकामा पहिलो चरणमा रु तीन करोड आइसकेको छ ।”

म्याग्दी र मुस्ताङका लागि रु एक करोड ५० लाखका दरले प्राप्त भएको बजेट वितरण गरेपछि दोस्रो चरणमा थप बजेट मागिने पौडेलले बताउनुभयो । म्याग्दीमा ८० र मुस्ताङका ९८ घर, टहरा तथा गोठ हटाउन सम्बन्धित धनीलाई क्षतिपूर्ति उपलब्ध गराउन लागिएको आयोजनाका इञ्जीनियर आशिष मानन्धरले बताउनुभयो ।

बेनी—जोमसोम सडकको क्षेत्राधिकारभित्र पर्ने अस्थायी र स्थायी संरचना पहिचान गर्न सघन सहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङका इञ्जीनियरको नेतृत्वमा प्राविधिक टोलीले नापजाँच गरी क्षतिपूर्तिका लागि सिफारिस गरेको थियो । नापजाँच गरेको दुई वर्ष छ महिनापछि क्षतिपूर्ति उपलब्ध गराउन थालिएको हो ।

संरचनाको क्षतिपूर्ति उपलब्ध गराउन विसं २०७५ मा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा आयोजना, मालपोत र नापी कार्यालयका प्रतिनिधि रहेका दुई जिल्लाका फरक–फरक क्षतिपूर्ति निर्धारण समिति गठन गरिएको थियो । पछिल्लो व्यवस्थाअनुसार सम्बन्धित आयोजना कार्यालयमार्फत सम्बन्धित संरचनाका धनीको बैंक खातामा रकम भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ ।

चीनको सिमाना कोरलानाका जोड्ने सडकलाई दुई लेनको बनाउन विसं २०७४ मा सुरु भएको आयोजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको छ । बेनी–जोमसोमको ६५ प्रतिशत र ११० किलोमिटर दूरीको जोमसोम–कोरला सडकको ९० प्रतिशत प्रगति भएको आयोजनाका इञ्जीनियर आश्विनीकुमार यादवले बताउनुभयो । जोमसोम–कोरला सातमध्ये चार प्याकेज निर्माण सकिएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भीषण वर्षापछि दोखलाको विगुमा पहिरो झर्‍यो, खोलिखिम बजारमा केही घर पुरिए

दोलखा — भीषण वर्षापछि दोखलाको विगु गाउँपालिका ४ मा पहिरो झरेको छ । पहिरोले खोलिखिम बजारमा केही घर पुरिएको प्रहरीले जनाएको छ । चारैतिर वर्षासहित

१६५ क्षेत्रको शक्ति सन्तुलन : वाम गठबन्धन भए १३०, लोवाम गठबन्धन भए १२५, साना दल संकटमा !

काठमाडौं २५ साउन । आगामी मंसिर ४ गते संघीय निर्वाचन हुने भएपछि सत्तारुढ पाँचदलीय गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेले आफू अनुकूलको गठबन्धन बनाउने कोशिश

बझाङमा एकै परिवारका तीन जना मृत भेटिए

काठमाडौं, २५ साउन । बझाङमा एकै परिवारका तीनजना मृत अवस्थामा भेटिएका छन् । जिल्लाको बुङ्गल नगरपालिका–९ रारुमा स्थानीय पुष्कर पार्कीकी श्रीमती र दुई जना मृत

सम्बन्धित

भक्तपुरको मनोहरा खोला बस्तीमा पस्यो, १०० घर प्रभाव

आज प्रतिनिधिसभाको बैठक बस्दै

फिल्म छायांकार विदुर पाण्डेको हृदयघातले निधन

थप ९ सय ३४ जनामा कोरोना पुष्टि, ४ सय ७० जना निको

न्यायधिवक्ता अधिकारीमाथि उजुरी

विप्लवका ‘बहुमत विद्रोही’र मोहन वैद्यको क्रान्तिकारी माओवादीबीच एकता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com