ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यमनको मारिबमा भएको झडपमा ६५ हुथी लडाकूको मृत्यु


एबीसी / संवाददाता
भाद्र १७, २०७८ बिहीबार  ८ : ०४ बजे

दुबई । यमनको हुथी विद्रोहीले देशको तेल सम्पन्न उत्तरप्रदेशको अन्तिम सरकारी गढ मारिबमाथि आक्रमणको नयाँ प्रयास गरेपछि भएका झडपमा कम्तीमा ६५ हुथी लडाकू मारिएका सैनिक अधिकारीले बिहीबार बताएका छन् । इरानको निकटमानिने विद्रोहीले यस रणनीतिक शहरको दक्षिणतिर सरकारी समर्थक अधिकारीहरूमथि आक्रमण गरेका थिए । उक्त झडपमा साउदी अरब नेतृत्वको गठबन्धनले हवाई हमलाहरू गर्दा दर्जनौं लडाकुहरूको मृत्यु भएपनि उनीहरूको मारिबलाई नियन्त्रणमा लिने प्रयास विफल भने पारिनसकिएको जनाइएको छ ।

यस क्षेत्रलाई नियन्त्रण गर्ने हुथीको पहिलो प्रमुख आक्रमणको कारण जूनदेखि भएको मारिब केन्द्रित आक्रमणमा पछिल्ला केही दिनमा दुवै पक्षका गरी १११ जना लडाकूको मृत्यु भएको बताइएको छ । एक सरकारी सैनिक अधिकारीले एएफपीलाई भने, “झडपमा २२ जना सरकार समर्थित सैनिक मारिए र अन्य ५० जना घाइते भए भने गत ४८ घण्टामा ४३ हुथी विद्रोही पनि मारिएका छन् ।” यो तथ्याङ्कmाई अन्य सैनिक तथा चिकित्सा स्रोतहरूले पनि पुष्टि गरेका छन् ।देशको दक्षिणमा रहेको यमनको सबैभन्दा ठूलो एयरबेसमा भएको हमलाका कारण डिसेम्बरदेखिको सबैभन्दा घातक घटनामा आइतबार कम्तीमा ३० जना सरकारी समर्थक लडाकूको मृत्यु भएपछि लडाइँको पुनरागमन भएको हो ।

यमनका लागि संयुक्त राष्ट्रसंघका नयाँ विशेष दूत, स्वीडिश कूटनीतिज्ञ हान्स ग्रुण्डबर्गले आफ्नो जिम्मेवारी पूरा गर्नुभन्दा केही दिनअघि भएको झडप हो । साउदी नेतृत्वको सैन्य गठबन्धनको समर्थन भएको यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार र सन् २०१४ मा सत्ताच्युत गरिएका हुथीहरूले एक सम्झौतापछि युद्धविराम गर्न सहमत भएका थिए । हुथीले यमनको राजधानी सानामाथि कब्जा गरेपछि साउदी अरब नेतृत्वको सैनिक गठबन्धनले यमनमा हुथीविरूद्ध संयुक्त राष्ट्रसंघद्वारा समर्थन प्राप्त संयुक्त सरकारलाई सहयोग गर्दै आएको छ । फेब्रुअरीमा हुथीहरूले मारिबलाई लडाइँमा लैजाने आफ्नो प्रयासलाई झनै चर्काएपछि दुवै पक्षका सयौंको ज्यान गएको छ । तेल युक्त उत्तरको नियन्त्रणले शान्ति वार्तामा हुथीको सम्झौता स्थितिलाई अझ बलियो बनाउने छ ।

संयुक्त राष्ट्र संघ र वासिङ्टनले युद्धको अन्त्यका लागि दबाब दिइरहेका बेला हुथीहरूले कुनै पनि युद्धविराम वा वार्ता अघि सन् २०१६ देखि साउदी नाकाबन्दीअन्तर्गत बन्द गरिएको साना विमानस्थल पुनः खोल्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज महाशिवरात्रि: पशुपतिनाथका चार वटै ढोका खुला, दर्शनार्थी र साधुसन्तको घुइँचो

निर्वाचन २०८२ : ट्रेन्डिङ र हट सिटहरू – कहाँ छ सबैको नजर ?

सम्बन्धित

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

नेपालको निर्वाचनमा वासिङ्टनको नजर: अमेरिकी सांसद तयार सहकार्यका लागि

बंगलादेश: १७ वर्ष निर्वासनपछि लन्डनबाट फर्किएका तारिक रहमान प्रधानमन्त्री बन्ने पक्का, ‘बेगमहरूको युद्ध’ को अन्त्य ?

बंगलादेशमा खालिदा जियाको पार्टी बीएनपीलाई बहुमत, भारत अमेरिकाबाट बधाई !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com