काठमाडौं । नेपालसंग जोडिएको भारतीय राज्य उत्तर प्रदेशका केही जिल्लामा एक साताभन्दा बढी समयदेखि बालबालिकाहरू उच्च ज्वरो आउने र पसिनामा भिजेर बिउंझिने समस्याबाट पीडित छन् ।
पीडित बालबालिकामध्ये धेरै जनामा जोर्नी दुख्ने, टाउको दुख्ने, शरीरमा पानी कम हुने र रिंगटा लाग्ने लक्षण देखिएको छ । केहीको भने हातखुट्टामा डाबर आएको पाइन्छ । उत्तर प्रदेशभित्र पूर्वतिरका छ जिल्लामा अधिकांश बालबालिकासहित कम्तीमा ५० जनाको ज्वरोले मृत्यु भएको छ भने केही सय बिरामी अस्पताल भर्ना भएको बीबीसीले जनाएको छ । मृत्यु भएका कसैलाई पनि कोभिड भएको थिएन। कोरोनाभाइरसको घातक दोस्रो लहरबाट भारत बिस्तारै मुक्त हु“दै गरेको समयमा उत्तर प्रदेशमा भएको मृत्युलाई सञ्चारमाध्यमहरूले ‘अज्ञात ज्वरो’ले भारतको सबैभन्दा सघन बस्ती भएको राज्यका गाउ“हरूलाई आक्रान्त पारेको रूपमा प्रस्तुत गरेका छन् । आगरा, मथुरा, मैनपुरी, एटा, कासगन्ज र फिरोजाबादका चिकित्सकहरू मृत्युको मूल कारण लामखुट्टेबाट सर्ने भाइरसको सङ्क्रमण डेङ्गी भएको विश्वास गरेका छन् ।
उनीहरूका अनुसार धेरै बिरामीहरू रगत जमाउन सहयोग गर्ने एक प्रकारको रक्त कोष प्लेट्लेटको संख्या कम हुने अवस्थामा भर्ना गरिएको छ। यो लक्षण डेङ्गी भएका गम्भीर बिरामीहरूमा देखिन्छ । फिरोजाबाद जिल्लाका वरिष्ठतम चिकित्सक डा. नीता कुल श्रेष्ठ का अनुसार फिरोजाबादमा गत साता ३२ बालबालिकासहित ४० जनाको यही समस्याका कारण निधन भएको थियो । पोथी लामखुट्टेले सार्ने उष्णप्रदेशीय रोग डेङ्गी भारतमा सयौं वर्षदेखि छ । विश्वका १ सय देशमा देखिने यो रोगका ७० प्रतिशत बिरामी एशियामा हुन्छन् ।
प्रतिक्रिया दिनुहोस्