काठमाडौँ, १३ भदौ
बागलुङमा कोभिडशिल्ड, भेरोसेल, ज्यानसेन एण्ड ज्यानसेन र अष्ट्राजेन गरि ५५ हजार २ सय ३२ जनालाई खोपको पूरा मात्रा लगाईएको छ ।
कोभिड शिल्ड ४ हजार ४ सय ४७, भेरोसेल २६ हजार ६ सय ९४, जनसन एण्ड जनसन १२ हजार १ सय ७८ जना र अष्ट्राजेन ११ हजार २ सय ३२ जनालाई लगाईएको छ ।
खोपको पहिलो मात्रा ६३ हजार हजार १ सय ७९ जनालाई लगाईएको छ ।
ति मध्ये कोभिड शिल्ड १८ हजार ९८७, भेरोसेल २९ हजार ८ सय १३, जनसन एण्ड जनसन १२ हजार १ सय ७८, अष्ट्राजेन २ हजार २ सय १ जनालाई पहिलो डोज लगाईएको छ ।
हालसम्म कर्मचारी, शिक्षक, पत्रकार, विद्याथी, व्यवसायी, जेष्ठ नागरिकलाई खोप लगाईएको छ ।
जिल्लामा २ सय १७ जना सक्रिय संक्रमित रहेका छन् ।
स्वास्थ्य कार्यालय बागलुङका अनुसार ति मध्ये सबैभन्दा धेरै बागलुङ नगरपालिकामा १ सय १८ रहेका छन् ।
गलकोट नगरपालिकामा ३६, काठेखोला गाउँपालिकामा २९, निसीखोला गाउँपालिकामा ८, ताराखोला गाउँपालिकामा ७, अन्यमा ६, ढोरपाटन नगरपालिकामा ५, बरेङ गाउँपालिकामा ५, बडिगाड गाउँपालिकामा २ जैमिनी नगरपालिकामा १ रहेका छन् भने तमानखोला गाउँपालिकामा शून्य संक्रमित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्