ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानीयतहमा सरुवा भएका ६९ उपसचिव र ५२ अधिकृत सम्पर्क विहिन


sharan sharan

काठमाडौं,१८ पुस । भिन्न स्थानीय तहमा सरुवा गरेका १ सय १७ जनामध्ये ६९ जना उपसचिव अझै सम्बन्धित स्थानीय तहमा पुगेका छैनन् । सचिव थपलिया सामान्य प्रशासनले सरुवा गरेर पठाएकै दिन आफूले सबै कर्मचारीलाई विभिन्न स्थानीय तहमा काजमा खटाएको बताउँछन् । उनले आफूकहाँ पत्र आएकै दिन काजमा कर्मचारी खटाएको भए पनि उपसचिवदेखि खरिदारसम्मका कर्मचारी अहिलेसम्म स्थानीय तहमा हाजिर नभएको जानकारी आएको बताउछन् ।

‘मन्त्रालयबाट काममा खटाइएको झन्डै तीन महिनासम्म पनि सम्बन्धित कार्यालयमा उपस्थित भएर काम नथाल्दा कागजी रूपमा उनीहरू सम्पर्क विहिन,’ सचिव थपलियाले भने । ५२ वटा गाउँपालिकामा शाखा अधिकृत नपुगेपछि त्यहाँको प्रशासनिक काम नायब सुब्बाले चलाइरहेका छन् । स्थानीय तहमा ३ हजार ५८ जना खरिदार र सुब्बाको दरबन्दी रिक्त छ।

सहसचिवको दरबन्दी रहेको विराटनगर महानगरपालिका र वीरगन्ज महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा उपसचिवलाई खटाएको छ । महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा सहसचिवलाई खटाउने प्रावधान छ । तर यी दुई महानगरमा खटाउने सहसचिव नभेटेपछि संघीय मामला तथा स्थानीय विकास मन्त्रालयले सो पदमा उपसचिव पठाएको छ । सरुवा भएपछि स्थानिय तहमा कर्मचारीनै नपुगेपछि कसरी संचालन भएका छन् त स्थनिय तह ?


स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियालाई स्थानीय तहमा कर्मचारी नपुगेको गुनासो सहितका फोन धेरै स्थानीय तहबाट आइरहन्छन् । कतिले स्थानीय तहमा कार्यकारी अधिकृत एकपटक पनि हाजिर गर्न नआएको गुनासो गर्छन् भने कतिपयले एकपटक आएर फर्किएपछि पुनः दोहो¥याएर नआएको गुनासो गर्छन् ।
६९ वटा नगरपालिकामा उपसचिव हाजिर हुन नगएपछि शाखा अधिकृतले उपसचिवको काम गरिरहेका छन् । सामान्य प्रशासन मन्त्रालयले खटाएको स्थानीय तहमा अहिलेसम्म ३० प्रतिशत कर्मचारी मात्रै काममा खटिएको स्थानीय विकास मन्त्रालयले जनाएको छ ।
त्यसो त समयमा काममा नजाने कर्मचारीले तीन महिनादेखि तलब पनि पाएका छैनन् । मन्त्रालयले तोकेको अड्डामा नगएका उनीहरू अहिलेसम्म हाजिर गर्न नगएका हुँदा कर्मचारीले तलब पनि बुझेका छैनन् । उपसचिवहरू स्थानीय तहमा उपस्थित नभएपछि मन्त्रालयले अनुपस्थित दिनलाई बिदामा कटाउने तयारी गरेको छ । काममा जान नमानेका कर्मचारीले बिदासमेत नलेखेको अवस्थामा दबाबका भरमा मन्त्रालयले बिदा जनाउन थालेको छ ।
सचिव थपलियाले हाजिर हुन नगएका कर्मचारीको गयल अवधिलाई वार्षिक बिदामा मिलान गरिने बताए । उनी राजनीतिक शक्तिकेन्द्रमा सजिलै पहुँचमा पुग्ने कर्मचारीहरू नै सकेसम्म स्थानीय तहमा जान आलटाल गरिरहेको बताउँछन् । उनले यसरी स्थानीय तहमा नगएका कर्मचारीहरूमध्ये केही भने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा खटिएकाले पनि सम्बन्धित कार्यालयमा जान ढिला भइरहेको हुन सक्ने जानकारी दिए ।
अहिले ४ सय ८ गाउँपालिकामा प्रशासकीय अधिकृतका रूपमा शाखा अधिकृतहरूलाई खटाइएको छ । ५२ गाउँपालिकामा शाखा अधिकृत नपुगेपछि त्यहाँको प्रशासनिक काम नायब सुब्बाले चलाइरहेका छन् । गाउँपालिका र नगरपालिकाका गरी देशभर कुल ३ हजार ५८ जना खरिदार र सुब्बाको दरबन्दी रिक्त रहेको स्थानीय विकास मन्त्रालयले जनाएकोे छ ।

मन्त्रालयको प्रशासन शाखाका अधिकृत रवीन्द्रजंग थापाले सम्बन्धित कार्यालयमा नपुगेका कर्मचारीहरू विस्तारै सरुवा भएको पदमा जाने क्रममा रहेको बताए । दैनिक रूपमा आफूलाई कुन कार्यालयमा खटाइएको छ भनेर सोधपुछ गर्नेहरूको संख्या बढ्दै गएको भन्दै अब केही समयमा नै स्थानीय तहमा कर्मचारी पुग्ने सम्भावना रहेको उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले–कांग्रेस सरकारप्रति शेखरको प्रचण्डसँग विचित्रको गुनासो !

एमालेभित्र विद्या भण्डारीको विषय प्रवेश, कुनै निर्णय भएन

सम्बन्धित

स्पेन प्रकरण, भिजिट भिसामा गएकाहरू फर्के नफर्केको जाँच प्रहरीले गर्ने

सेयर बजार ४ महिनाकै उच्च, बैंकमा आकर्षण

तरुण दल केन्द्रीय समिति भंग गर्नुपर्ने माग राखेर सानेपामा नाराबाजी

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

गणतन्त्र दिवस मनाउन झाँकीसहित सडकमा ओर्लियो एमाले (तस्बिरहरू)

राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com