ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 बौद्धिक अपाङ्ग पुनस्र्थापना केन्द्रलाई सहयोग


एबीसी / संवाददाता
भाद्र १, २०७८ मंगलबार   १ : ५१   बजे
 काभ्रे , १ भदौ :
 काभ्रे सेवा समाज (कासेस) ले कोभिड–१९ सहयोगअन्तर्गत पाँचखाल नगरपालिका–११ खरेलथोकस्थित बौद्धिक अपाङ्ग पुनस्र्थापना केन्द्रलाई आर्थिक सहयोग गरेको छ । समाजलाई इन्भाष्ट ग्लोबल अष्ट्रेलियाबाट प्राप्त सहयोग रकमबाट केन्द्रलाई रु दुई लाख ५० हजार सहयोग प्रदान गरिएको हो ।
केन्द्रको छात्रावास खरेलथोक, स्वाँरामा आयोजित कार्यक्रममा समाजका सल्लाहकार एवं पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेल र समाज अध्यक्ष नारायणसिंह महतले संयुक्त रुपमा सो रकम केन्द्रका अध्यक्ष केवलप्रसाद सिग्देललाई हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा समाजका सल्लाहकार खरेलले बौद्धिक अपाङ्ग भएका बालबालिकालाई सहयोगको आवश्यकता पर्ने भएकाले केन्द्रमा हाल आश्रितलाई दैनिक खाना–खाजामा सहयोग पुगेको बताउनुभयो ।
समाजका अध्यक्ष महतले कोभिड–१९ को लहर फैलिएलगत्तै विभिन्न दाताको समन्वयमा काभ्रे जिल्लाका लागि राहत र सहयोगका लागि समन्वय गरिरहेका बताउँदै कोभिड–१९ राहत सहयोगअन्तर्गत बौद्धिक अपाङ्ग भएका व्यक्तिलाई सहयोग दोस्रो कार्यक्रम भएको बताउनुभयो । उहाँले केन्द्रलाई तत्कालै सहयोगस्वरुप रु पाँच हजार र पनौती नपा–५, ढलमलेका जनस्वास्थ्यकर्मी रञ्जुसिंह थापाले रु तीन हजार प्रदान गर्नुभएको थियो ।
यस्तै वडामध्ये शिवशरण तामाङले केन्द्रलाई रु २५ हजार प्रदान गर्नुभएको छ । केन्द्रका कोषाध्यक्ष रमेश खरेल र सचिव एवं शिक्षिका सुधा खरेलले अन्य खाले अपाङ्गताभन्दा बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुको पुनस्र्थापना जटिल हुने अनुभव सुनाउनुभयो । २०५८ सालमा स्थापित केन्द्रमा हाल २६ विद्यार्थी, शिक्षक र सुसारे छन्  ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनको शपथ

गृहमन्त्रीमा फेरि सुधन गुरुङ फर्कँदै, आजै ३ बजे शपथ

नयाँ संसद: पहिलो पटक सूचना टाँसेर प्रतिनिधि सभा बैठक स्थगित

आइतबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङ पर्ने सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group