काठमाडौं,१७ पुस । आज राष्ट्रिय टोपी तथा पोसाक दिवस ‘नेपाली टोपी नेपाली पहिचान, यही हो हाम्रो राष्ट्रिय अभियान’ भन्ने मुल नाराका साथ कार्यक्रम गरी नेपालभर मनाइँदै छ।
दिवसका अवसरमा जागरुक युवा अभियानले राजधानीमा र्याली निकालेका छन्। माइतीघरबाट सुरु भएको र्याली भद्रकाली–न्युरोड हुँदै रत्नपार्कस्थित शान्तिबाटिकामा पुगी समापन भएको छ।
र्यालीमा नेपाली राष्ट्रिय पोसाक दौरासुरुवाल र टोपी लगाएर सर्वसाधारणको स्वःस्फूर्तरुपमा सहभागिता थियो। सर्वसाधारणले भादगाउँले र ढाकाटोपी लगाएर राष्ट्रिय झन्डा बोकेका थिए।
कार्यक्रमको अवसरका विदेशी पर्यटकलाई नेपाली टोपी लगाइएको थियो।
राष्ट्रिय टोपी अभियानका अभियन्ता जनार्दन पौडेलले नेपालीको पहिचान गुम्ने खतराबाट बचाउनका लागि दिवसको सुरुआत गरिएको बताए। उनले नेपालीको पहिचान गुमिरहेका बेला सरकारले नै ढाका टोपी दिवस मनाउनुपर्ने बताए ।








प्रतिक्रिया दिनुहोस्