काठमाडौं , १७ पुस । नेपालको रेल सेवा पुन छिमेकी मुलक भारत सगं जोडिने भएको छ । उक्त रेलमार्गको निर्माण सन् २०१४ देखि शुरु भएको हो । सोही कारण जनकपुर–जयनगर रेल सेवा तीन वर्षयता बन्द छ । छिटो भन्दा छिटो उक्त कामलाई सक्न जनकपुर–जयनगर ब्रोडगेज रेलमार्गमा लिक बिछ्याउन शुरु गरि सकेको छ । भारत सरकारले विस्तार र नयाँ निर्माण गरिरहेको यो रेलमार्गमा पटरी राखेर लिक बिछ्याउन थालिएको हो ।
भारतले रेलमार्गको पुरानो न्यारोगेजलाई हटाएर ब्रोडगेज निर्माणाधीन छ । उक्त मार्गमा क्रंक्रिटको पटरी राखेर लिक बिछ्याउने काम तीव्र गतिमा रहेको रेल विभागका महानिर्देशक अनन्त आचार्यले संचारकर्मीलाई जानकारी दिए ।
ब्रोडगेज विस्तारका लागि पुल र कल्भर्ट बनिसकेका छन् । स्टेसनहरुको निर्माण पनि लगभग सकिएको आचार्यले जानकारी दिए । सबै निर्माण अक्टोबर २०१८ सम्ममा सक्ने लक्ष्य छ । त्यसपछि बोगी र इन्जिन ल्याएर गुडाउन सकिने उनि बताउछन् ।
उक्त रेलमार्गको ३५ किलोमिटर लम्बाइको छ । भारतीय कम्पनीले कार्यालय भवन, भन्सार र कर्मचारीको आवासगृह समेत गरिसकेको छ ।
कुर्ताबाट महोत्तरीको विजलपुरासम्म रेल गुडाउने विभागको योजना छ । र, त्यहाँबाट पूर्वपश्चिम राजमार्गको बर्दिवास खण्डमा जोड्ने गरी विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार भइसकेको छ ।
उक्त मार्गमा रेलका इन्जिन र डिब्बा कसले, कुन प्रक्रियाबाट ल्याउने भन्ने निर्णय भएको छैन । विभागले अर्थ मन्त्रालयसँग रेल र डिब्बाका लागि तीन अर्ब रुपैयाँ लाग्ने जानकारी गराइसकेको छ । अर्थ मन्त्रालयले भने लिक तयार भएपछि मात्र बजेट दिन सकिने बताएको छ । यस वर्ष रेल विभागले चार अर्ब रुपैयाँ मात्र पाएको छ । पूर्व–पश्चिम रेलमार्गका लागि काम गरिरहेको विभागलाई जनकपुर–जयनगरमा रेल गुडाउन यस वर्ष बजेट दिइएको छैन ।
प्रतिक्रिया दिनुहोस्