ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

द्रुतमार्गको सुरुङमार्ग र पक्की पुलको डिजाइन तयार गर्न चिनियाँ प्राविधिक टोली काठमाडौँमा


एबीसी / संवाददाता

 

काठमाडौँ, १५ साउन । निर्माणाधीन काठमाडौँ–तराईरमधेस द्रुतमार्गको पहिलो प्याकेजको सुरुङमार्ग र पक्की पुलको डिजाइन तयार गर्न चिनियाँ निर्माण कम्पनीका विशेषज्ञ प्राविधिक टोली नेपाल आइपुगेको छ ।
द्रुतमार्गको महादेवडाँडामा निर्माण हुने तीन किलोमिटरभन्दा बढीको सुरुङमार्गसहित पक्की पुल निर्माणको ठेक्का पाएको चीनको एमएस चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीका २३ जना प्राविधिक नेपाल आइपुगेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौड्यालले जानकारी दिनुभयो । सरकारले द्रुतमार्ग निर्माण व्यवस्थापनको जिम्मा चार वर्षअघि नै नेपाली सेनालाई दिएको छ ।
उहाँले भन्नुभयो, “नेपाल आइपुगेका प्राविधिक टोलीको मुख्य काम सुरुङमार्ग र पुलको डिजाइन तयार गर्नु हो ।” टोलीमा हाइवे इन्जिनियर, टनेल इन्जिनियर, जियोलोजिस्टसहितका प्राविधिकहरू रहेका छन् । उहाँका अनुसार निर्माण सम्झौता भएको छ महिनाभित्र ती प्राविधिक डिजाइन तयार गरी स्वदेश फर्किने छन् । त्यसपछि निर्माणका लागि अर्को प्राविधिक टोली नेपाल आउने छ । द्रुतमार्गको दुइटै प्याकेजअन्तर्गतको सुरुङमार्ग र पुल (हाइब्रिज) निर्माणका लागि नेपाली सेना र चिनियाँ कम्पनीसँग वैशाख २९ गते सम्झौतामा हस्ताक्षर भएको थियो । करिब दुई महिनाअघि सम्झौता भए पनि कोभिड–१९ का कारण प्राविधिक टोली नेपाल आउन सकेका थिएनन् ।
एक महिनाअघि द्रुतमार्गको दोस्रो प्याकेजअन्तर्गतको मकवानपुरको धेद्रे–लेनडाँडा खण्डमा सुरुङमार्ग र पुल ९हाइब्रिज० डिजाइन गर्न सो खण्डको निर्माण ठेक्का पाएको चीनको पोली च्याङ्दा इन्जिनियरिङ कम्पनीका परियोजना प्रबन्धकसहितको १४ जनाको प्राविधिक टोलीले कार्यस्थलमा पुगी काम सुरु गरिसकेका छन् । पहिलो र दोस्रो प्याकेजको निर्माण लागत क्रमशः २१ अर्ब ६१ करोड र २८ अर्ब ५३ करोड रुपियाँ छ । सुरुङ तथा पुल ९हाइब्रिज० र अन्य निर्माण कार्य सँगसँगै अगाडि बढ्ने भएको छ ।

‘ईपीसी’ मोडलमा निर्माण
द्रुतमार्गको सुरुङ तथा पुल (हाइब्रिज) निर्माण इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता गरिएको छ । त्यस मोडलअनुसार छनोट भएका कम्पनीले सुरुङमार्ग निर्माणको‘सर्वे, डिजाइन र कमिसनिङ’ आफैँले गर्नुपर्ने हुन्छ ।
निर्माण सम्पन्न भएको एक वर्षसम्म ‘डिफेक्ट लायबिलिटी पिरियड (डीएलपी)’ निर्माण कम्पनीको नै हुनेछ । ‘डीएलपी’को अवधिमा सुरुङमार्ग र हाइब्रिजको मर्मत सम्भारको जिम्मेवारी निर्माण कम्पनीको नै हुनेछ ।
भारतीय कम्पनी आईएल एन्ड एफएससँग सम्झौता तोडेपछि चार वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सरकारले २०७४ साउन २७ गते द्रुतमार्गको काम नेपाली सेनालाई दिने निर्णय गरेको थियो । सो निर्णय गरिएको दुई वर्षपछि २०७६ भदौमा मन्त्रिपरिषद्ले द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत गरेको थियो । आगामी २०८१ सालभित्र द्रुतमार्ग निर्माणको सम्पूर्ण कार्य सम्पन्न गर्ने लक्ष्यसहित द्रुतगतिमा काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com