ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संखुवासभाको मतपत्र काठमाडौमा


sharan sharan

 काठमाडौं, १७ पुस ।एक मात्र प्रतिनिधीसभा र दुई ओटा प्रदेशसभा रहेको संखुवासभा जिल्लामा प्रतिनिधिसभा तर्फको मतगणना एक पक्षीय ढंगबाट गरेको आरोप लगाउदै सर्वोच्चमा उजुरी परेको थियो । नेपाली सेनाको हेलिकप्टरबाट मतपत्र, मुचुल्का लगायत सम्पूर्ण निर्वाचन सामग्रीहरु काठमाडौ ल्याईएको हो ।

संखुवासभा जिल्लाको प्रतिनिधिसभा तर्फ नेपाली काग्रेसका उम्मेदवार दिपक खड्काले पुष ३ गते सर्वोच्च अदालतमा पुनः मतगणनाको माग गर्दै निवेदन दर्ता गराएका गराउनु भएको थियो । पुस ७ गते सर्वोच्च अदालतमा बादीप्रतिबादी बीच छलफल भएको थियो । त्यसपछि १४ गतेको पुनः छलफलले जिल्ला निर्वाचन कार्यालय संखुवासभालाई मतपत्र र मुचुल्का सहित निर्वाचनका सामग्रीहरु निर्वाचन आयोगको कार्यालय काठमाडौमा तत्कालै पठाउन सर्वोच्च अदालतले आदेश दिएको थियो । सर्वोच्च अदालतको आदेश अनुसार मतपत्र काठमाडौ पठाईएको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताउनुभयो ।

सर्बोच्च अदालतको आदेश अनुसार जिल्लाका कृयाशिल राजनैतिकदलका प्रतिनिधिहरुको रोहवरमा मतपत्र लगायतका सम्पूर्ण निर्वाचन सामग्रीहरु पठाइएको हो । प्रतिनिधिसभा उम्मेवार दिपक खड्काले मतगणनाको क्रममा निर्वाचनमा खटिएका कर्मचारीहरुले पक्षपाति गरेको, बदर मतको संख्या बढि देखाएको र मत गणनामा काँग्रेसको प्रतिनिधि नहुदाँ पनि निर्वाचन अधिकृतले एक पक्षीय ढंगबाट मतगणना गरेको आरोप लगाउदै आउनु भएको थियो ।

संखुवासभा जिल्लामा प्रतिनिधिसभा तर्फ ६९ हजार २ सय ४६ मत खसेकोमा ३ हजार २ सय ५६ मत बदर भएको थियो । प्रतिनिधिसभा तर्फ नेकपा एमालेका उम्मेदवार राजेन्द्र गौतमले ३२ हजार ७ सय ६९ मत प्राप्त गरि बिजयी भएका थिए भने उनको निकटतम प्रतिद्धन्द्धि नेपाली काँग्रेसका उम्मेदवार दिपक खड्काले ३१ हजार ६ सय ३९ मत प्राप्त गरेको थिए । गौतमले खडकालाई १ हजार १ सय ३० मतअन्तरले पराजित गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग सहमतिपछि सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित, आजदेखि पसल खुल्ने

६ महिनापछि बोलाइयो काठमाडौँ महानगरको कार्यपालिका बैठक

सम्बन्धित

सेयर बजार ४ महिनाकै उच्च, बैंकमा आकर्षण

तरुण दल केन्द्रीय समिति भंग गर्नुपर्ने माग राखेर सानेपामा नाराबाजी

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

गणतन्त्र दिवस मनाउन झाँकीसहित सडकमा ओर्लियो एमाले (तस्बिरहरू)

राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

सुरक्षा र कूटनीतिक सक्रियता बढाउन सरकारको ध्यानाकर्षण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com