काडमान्डौ ११ श्रावण,
बागलुङ नगरपालिका १४ नारायणस्थान को सुनार गाउँका स्थानीय भक्त बहादुर सुनारको घरमा गएराति कुखुरा र हाँसको खोरमा बाधले आक्रमण गर्न खोजे पछि एकैछिन हंगामा भएको थियो । रातिको समय हाँसको खोरमा आक्रमण गर्न पुगेको बाधलाइ स्थानीय सुनारले खोरको जालि लगाईदिए पछि बाघ हाँसको खोर भित्र परेको थाहा भएको छ ।
बाघले कुखुरा र हाँस लाई आक्रमण गरे पनि अन्य मानबिय क्षति हुन बाट बचेको स्थानीयको भनाइ छ ।
उक्त बाघलाई बागलुङ जिल्ला पठाउने तयारिमा रहेको ईप्रका प्रहरी कार्यालय बलेवाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्