ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैंकका सिस्टम ह्याक गर्ने चेतावनी फेक सूचना – सहप्रवक्ता पोखरेल


एबीसी / संवाददाता

काठमाडौं, ७ साउन ।  नेपाल राष्ट्र बैंकसहित विभिन्न १५ बैंकका सिस्टम ह्याक गर्ने चेतावनी दिईएको छ । ह्याकरले नेपाल राष्ट्र बैंक सहित अन्य बैंकका उच्च अधिकारीलाई चेतावनीसहितको पत्र समेत पठाएको बुझिएको छ । उक्त पत्र राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल, सहप्रवक्ता नारायण पोखरेलसहितलाई पुगेको बताईन्छ । बुधबार आएको पत्रमा नेपालका १५ बैंकको सिस्टम ह्याक गर्ने र यसलाई हल्का रुपमा नलिन चेतावनी दिइएको छ।

ह्याकरले पत्रमार्फत यदि ठूलो क्षतिलाई रोक्न चाहे बिहीबारदेखि ४८ घण्टासम्म सबै शाखा बन्द गर्न भनेको छ। ह्याकरले राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, बैंक अफ काठमाडौं, सिटिजन्स इन्टरनेशनल बैंक, सानिमा बैंक, एभरेस्ट बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र हिमालयन बैंकको नाम उल्लेख गर्दै सिस्टम ह्याक गर्ने चेतावनी दिएको हो।

प्रवक्ता ढकालले यसबारे सबै बैंक तथा सरोकारवालालाई सूचना दिइसकिएको भन्दै आफूहरुले सुक्ष्म रुपमा यसमा अनुसन्धान गरिरहेको बताएका छन्। यता राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेल त्यस्तो धम्की दिनेको पहिचान गर्न आइटी डिपार्टका कर्मचारी खटिसकेको र प्रहरीको सहयोग जरुरत परेमा लिने बताए।

‘भाइबरमा यस्ता फेक सूचना आएका रहेछन्, यस्तो काम गर्नेको खोजी भइरहेको छ,’ उनले भने, ‘कुनै ह्याकरले इमेल गरेको पनि होइन। यो त भाइबरमा आएको फेक धम्की हो। प्रहरीको सहयोगमा यस्तो सूचना पठाउनेको खोजी गरिँदैछ।’ उनले ह्याकरले बाजा बजाएर ह्याक नगर्ने पनि बताए। ‘कसैले बाजा बजाएर सिष्टम ह्याक गर्ने हो र? यसबाट आतंकित हुनु पर्दैन,’ उनले भने। नेपालको बैंक प्रणाली मजबुत रहेको र यस्ता धम्कीबाट डराउनै नपर्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com