ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तुलसीको प्रयोगले यी ६ रोगबाट मुक्ती पाउनुस


एबीसी / संवाददाता

 

काठमान्डौ साउन ५
घरको शोभा बढाउने बिरुवा मात्र हैन अपार औषधीय गुणयुक्त वनस्पति हो तुलसी । हिन्दू धर्मावलम्बीले तुलसीलाई भगवनको रूपमा पूजा गर्छन् । आजको दुनियाँमा जति तीव्र गतिमा रोगहरू बढिरहेका छन्, त्यसले मानिसलाई एलोपेथी उपचारतर्फ उन्मुख गराउनु स्वाभाविक नै हो । तर, तुलसी यस्तो औषधि हो, जसले गम्भीर रोगहरूबाट पनि छुटकारा दिलाउने क्षमता राख्दछ । मुटुरोग होस् या चिसोको समस्या विशेषगरी नेपाल तथा भारतमा सदियौँदेखि तुलसीको प्रयोग हुँदै आएको छ ।

आयुर्वेदले कैयौँ रोगको उपचारमा तुलसीलाई प्रमुख औषधिका रूपमा प्रयोग गर्दै आएको छ, जुन प्रयोग अत्यधिक सफल पनि छ । अत्यधिक अक्सिजन उपलब्ध गराउने तुलसीको उपयोगिता गनिसाध्यै छैन । सबैखाले यौनदुर्बलताको उपचारदेखि लिएर क्यान्सरबाट छुटकारा पाउनसमेत तुलसी अत्यन्त लाभदायक भएको प्रयोगद्वारा सिद्ध भइसकेको छ । यही अपार लाभकै कारण , तुलसीलाई मानिसले भगवानको दर्जा दिएर पूजासमेत गर्ने गरेका छन् । तुलसीका अनगिन्ती औषधीय गुणमध्ये यहाँ केही रोगबारे बताइनेछ, जसमा तुलसी वरदान नै साबित हुन सक्छ ।

१। श्वासको दुर्गन्ध
अनियमित र दूषित खानपानका कारण आजकल मानिसमा श्वासको दुर्गन्धको रोग आम बनिसकेको छ । यसबाट छुटकारा पाउनका लागि कतिपय मानिस हजारौँ रूपैयाँ खर्च गर्छन्, तर कुनै फाइदा पुगिरहेको हुँदैन । यस्तोमा यदि तुलसीको प्रयोग गरिएमा अत्यन्त फाइदा मिल्न सक्छ । तुलसीका सुकेका पत्तालाई तोरीको तेलमा मिलाएर दाँत सफा गर्नाले श्वासको दुर्गन्ध हटेर जान्छ । यसका अलावा तुलसीका पत्ताहरू चपाउनाले पनि श्वासको दुर्गन्ध तथा पायरियाजस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ ।

२। घाँटीको दुखाइ
सामान्यतया घाँटीको दुखाइ जाडोयाममा चिसोका कारण हुने गर्छ । तर, कतिपय मानिसमा यो समस्या गर्मीयाममा पनि हुने गर्छ । यदि तपाईं पनि यसकिसिमको रोगबाट पीडित हुनुहुन्छ भने तुलसीका पत्तालाई पानीमा उमालेर पिउनुहोस् । यसले तपाईंको गलाको दुखाइ हटाउँछ । बच्चाहरूमा गलाको दुखाइको समस्या गर्मीयाममा पनि हुने गर्छ । यस्तो अवस्थामा बच्चालाई तुलसीको पत्ता पानीमा उमालेर पिलाउनाले निकै आराम मिल्छ ।

३। श्वाससम्बन्धी अन्य समस्या
श्वासको दुर्गन्धबाहेक श्वाससम्बन्धी अन्य समस्याको उपचारमा पनि तुलसी ज्यादै उपयोगी साबित हुँदै आएको छ । बेसार, अदुवा र तुलसी मिलाएर उमालिएको पानीको सेवनले ब्रोकाइटिस, दम, कफ र चिसो लागेकोमा निकै राहत मिल्छ । नुन, ल्वाङ र तुलसीका पत्ता मिलाएर कडा रूपमा उमालिएको पानीको सेवनले इन्फ्लुएन्जा ९एककिसिमको ज्वरो०मा तत्काल राहत दिन्छ ।

४। मुटुरोग
तुलसीले रगतमा भएको कोलेस्टेरोलको स्तरलाई घटाउँछ । त्यसैले तुलसीको सेवन मुटुरोगीका लागि ज्यादै उपयोगी साबित हुन्छ । यद्यपि, मुटुरोगीले मात्र नभएर मुटुसम्बन्धी कुनै पनि रोग नहुनेका लागि पनि तुलसीको नियमित सेवन लाभदायक हुन्छ ।

५। तनाव
तुलसीको पत्तामा तनावनिरोधक गुण पाइन्छ । तुलसीले सेवनकर्तालाई तनावबाट मुक्ति दिलाउने कुरा अध्ययनबाट सिद्ध भएको छ । आफूबाट तनावलाई टाढा राख्न चाहने व्यक्तिले दैनिक तुलसीका १२ वटासम्म पत्ता दुईपटक सेवन गर्न सक्छन् । तुलसीको नियमित सेवनले मानसिक रोगबाट पनि बच्न सकिन्छ । पछिल्लो समय धरैजसो मानिस कुनै न कुनै खालका मानसिक रोगबाट पीडित भइरहेको अवस्थामा तुलसीको नियमित सेवन ज्यादै लाभदायक हुन सक्छ ।

६। संक्रमण तथा छालारोग
संक्रामक रोगका लागि तुलसीको प्रयोग ज्यादै फाइदाजनक हुन्छ । दैनिक तुलसीका केही पत्ता चपाउनाले संक्रमण निर्मूल हुने विश्वास लिइन्छ । तुलसी छालारोगका लागि पनि निकै लाभदायक छ । दाद, चिलाउनेलगायत छालासम्बन्धी अन्य समस्यामा तुलसीको रस प्रभावित भागमा लगाउनाले केही दिनमै रोग निको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com