ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डाक्टर नर्सले जोखिमभत्ता पाएपछि अर्थमन्त्री शर्मालाई धन्यवाद दिए


एबीसी / संवाददाता
श्रावण ५, २०७८ मंगलबार  १ : २४ बजे

 

काठमाडौं ५ साउन

धन्यवाद अर्थमन्त्री जनार्दन शर्मा, आज मैले पनि कोभिड भत्ता पांए । बोलेको कुरो पुरा गर्नु भएकोमा धन्यवाद

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड इर्मजेन्सी विभागमा कार्यरत डाक्टर यज्ञ पोखेरेलले आफ्नो फेसवुकवालमा पोष्ट गर्नुभएको हो ।

अर्थमन्त्री शर्माले पद वहाली गरेलगत्तै स्वास्थ्यकर्मीहरुको रोकिएको जोखिमभत्ता एक हप्ता भित्र उपलव्ध गराउने घोषणा गर्नुभएको थियो ।

बचन दिएको भोलिपल्टै आफुहरुले जोखिमभत्ता पाएको पनि डक्टरहरुले बताएका छन ।

 

‘प्रतिष्ठान भएकाले हाम्रो त बाहिरबाट रकम आउँदैन । अस्पताल आफैंले आम्दानी गरि तलव खानुपर्छ । पहिलो लहरमा पनि स्वास्थ्य मन्त्रालयले कोभिडका लागि भनेर रकम पठाएको थियो तर नन कोभिडका बिरामी नआएकाले आम्दानी भएन र मन्त्रालयले कोभिडका लागि पठाएकै रकमबाट तलव खायौं, भत्तालाई पुगेन ।पोख्रेलको भनाइ थियो ।

दोस्रो लहरमा पनि भत्ताका लागि भनेर माग गरेको खर्चको फाइल अड्केको अड्केई थियो, मन्त्रीज्यू आउने बित्तिकै सदर गर्नुभयो हामीले भत्ता पाइहाल्यौं’, पोखरेलले खुशी व्यक्त गर्नुभयो ।

उहाँले आफुले मात्रै नभई भत्ता रोकिएका अरु साथीहरुले पनि पाएको जानकारी दिनुभयो । आफुहरुले ५० प्रतिशतका दरले ३ महिनाको भत्ता एकमुष्ठ पाएको बताउनुभयो । शर्माले असार ३० गते स्वास्थ्यमन्त्रालयको तीन महत्वपूर्ण फाइलको सदर गर्दै अर्थमन्त्रीको रुपमा आफ्नो कार्यकालको सुरुवात गर्नुभएको थियो ।

साथै मन्त्री शर्माले कोरोना महामारी सुरु भएदेखि नै स्वास्थ्यकर्मीहरुलाई जोखिमभत्ता उपलव्ध गराउन सरकारलाई दबाब दिदैं आउनुभएको थियो । यस्तै उहाँले कोरोना प्रभावित क्षेत्रहरुको निरीक्षण गरि रुकुममा अस्पताल तथा अक्सिजन, आइसियु र भेन्टिलेटरसहित स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

७२ वर्ष पुगेँ, अझै केही वर्ष भिड्छु : प्रचण्ड

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

सम्बन्धित

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु : गगन थापा

नक्सामा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा यो वर्ष पनि मतदानको अवसर नपुग्ने

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

बालेनको घरको गेटमा तोडफोड

कोशीको चुनाव : हेभीवेट बिदा, नयाँ पुस्ताको परीक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com