काठमाडौं१६ पुस ।प्रधानन्यायाधीश गोपाल पराजुलीले नयाँ परिवर्तनका साथ आएका नयाँ कानुनहरु र त्यसभित्रको परिवर्तनलाई जोगाउने दायित्व न्यायपालिकाको काँधमा रहेको बताएका छन्।
राष्ट्रिय न्यायिक प्रतिष्ठानले आयोजना गरेको अपराध संहिता तथा देवानी संहितासम्बन्धी प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै प्रधानन्यायाधीश पराजुलीले राज्यको पुनर्संरचनापछि आएका नयाँ कानुनको कार्यान्वयनका लागि तयारी अवस्थामा रहेको बताए। प्रधानन्यायाधीश पराजुलीले फौजदारी र देवानी संहिता संहिता आफैंमा नयाँ कुरा नभएर समाजको परिवर्तनसँग आएका नविनतम विषय भएकाले तिनीहरुको कार्यान्वयनका लागि ज्ञानमा वृद्धि गर्न आवश्यक रहेको औंल्याए।
हाल प्रचलित मुलुकी ऐनलाई विस्थापित गर्दै आउँदो वर्षको भदौ १ गतेदेखिे फौजदारी र देवानी संहिता कार्यान्वयनमा आउँदै छन्।
कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश ओमप्रकाश मिश्रले अहिलेसम्म अभ्यासमा रहेको मुलुकी ऐन र यसमा नभएका धेरै नयाँ विषय संहिताले समेटेको बताए। संहिताको प्रमाणीकरण भएपछि यसको सफल कार्यान्वयनमा लैजाने विषयमा अन्यौल देखिए पनि सबै पक्षको छलफलपछि कार्यान्वयनका लागि तयारी अवस्थामा पुगेको बताए।
कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालले न्यायसम्पादन, अनुसन्धानकर्ताको सूक्ष्म अनुसन्धान, र अभियोजनकर्ताको महान विष्लेषणबाट अगाडी बढ्ने भएकाले नयाँ संहिता सम्बन्धी ज्ञान बृहत् बनाउनु जरुरी रहेको बताए।
प्रशिक्षणमा उच्च, जिल्ला अदालत तहका न्यायाधीश, सहरजिष्ट्रार (सहसचिव) तथा उपरजिष्ट्रार (उपसचिवंं) गरी ५४ जना सहभागी छन्।
प्रतिक्रिया दिनुहोस्