ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोभिडका कारण बजेट अधिवेशन हुन सकेन


एबीसी / संवाददाता

फुङ्लिङ, ३० असार :
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले बजेट अधिवेशन गर्न सकेको छैन । पालिकामा कोभिड सङ्क्रमण बढ्दै गएपछि अधिवेशन हुननसकेको हो । स्थानीय तहहरुले असार १० गतेभित्र बजेट अधिवेशन गरिसक्नुपर्ने व्यवस्था रहे पनि कोभिड सङ्क्रमण बढ्दै गएपछि गाउँपालिकाले आज बोलाएको सातौँ गाउँसभा अनिश्चितकालका लागि स्थगन गरेको गाउँपालिकाले जनाएको छ ।

कोरोना सङ्क्रमणको भयावह अवस्था सिर्जना हुँदै गएको भन्दै आजका लागि तय गरिएको गाउँसभा अनिश्चितकालका लागि स्थगन गरिएको प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बूले बताउनुभयो । एकपछि अर्को स्थानमा कोरोना सङ्क्रमित थपिँदै गएकाले आज बोलाइएको गाउँसभा रोक्नुपरेको गाउँपालिकाले जनाएको छ । अनुकूल समय भएपछि गाउँसभाको अर्को मिति तय गरिने लिङ्देनले बताउनुभयो ।

मङ्गलबार मात्रै गाउँपालिकाको केन्द्र वडा नं ४ साब्लाखुमा १७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सोमबार वडा नं ६ मेहेलेमा १६ जनामा सङ्क्रमण देखिएको गाउँपालिकाले जनाएको छ । गाउँसभा तथा बजेट अधिवेशनमा पालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जिम्मेवारी पाउनुभएका पालिका अध्यक्ष नरबहादुर कडरियालाई कोरोना सङ्क्रमण भएपछि सिदिङ्वाले असार १० भित्रै बजेट ल्याउन नसकेको पालिकाले जनाएको छ । अध्यक्ष कडरिया कोरोेना सङ्क्रमणमुक्त भएपछि उहाँले आजका लागि बजेट अधिवेशन बोलाउनुभएको थियो ।

यद्यपि पालिकाका विभिन्न स्थानमा सङ्क्रमणको दर बढ्न थालेपछि आजका लागि बोलाइएको बजेट अधिवेशन पनि तत्कालका लागि स्थगन गरिएको लिङ्देनले बताउनुभयो । ताप्लेजुङका नौमध्ये सिदिङ्वाबाहेक सबै स्थानीय तहले आगामी आव २०७८÷७९ का लागि असार १० भित्रै बजेट, नीति तथा कार्यक्रम ल्याइसकेका छन् ।

गाउँपालिकाको नाम सच्याउन कार्यदल गठन

जिल्लाको सिरीजङ्घा गाउँपालिकाले गाउँपालिकाको नाम सच्याउन एक कार्यदल गठन गरेको छ । पालिकाको नाममा व्याकरणमा सुधार गर्नुपर्ने सारोकारवालाले आवाज उठाएपछि कार्यदल गठन गरिएको हो । यही असार ३ गते गाउँपालिकाको नियमित गाउँसभा (नवाँै)को पहिलो बैठकले पालिकाको नाम परिवर्तनका लागि प्रदेश सरकारमार्फत सङ्घीय सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेसँगै गाउँपालिकाको नाम सच्याउन लागिएको हो ।

लिम्बू भाषा र लिपिका सर्जक त्ये अङ्सी सिरीजङ्घा सिं थेबेको सम्मान गर्दै गाउँपालिकाको नाम राख्ने क्रममा व्याकरणीय दृष्टिले शुद्ध नभएकाले सच्याउनुपर्ने सारोकारवालाहरुको माग भएकाले नाम परिवर्तन गर्नका लागि कार्यदल गठन गर्नुपरेको गाउँपालिकाले जनाएको छ । तीन महिनाभित्र प्रतिवेदन पेश गर्नुपर्ने गाउँपालिकाले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । कार्यदलले अध्ययन तथा अनुसन्धान गरेर उपयुक्त नाम पालिकालाई उपलब्ध गराउने जिम्मेवारी दिएको छ । सरोकारवालासँग गहन छलफल तथा परामर्शपश्चात तोकिएको समयावधिमा नै नाम उपलब्ध हुने गाउँपालिकाले जनाएको छ ।

गाउँ कार्यपालिकाको सोमबार बसेको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो । गाउँपालिका–५ का वडाध्यक्ष पूर्णसिंह माबो लिम्बूको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदल सदस्यमा कार्यपालिका सदस्य विमला साम्यू र तेल्लोक माध्यमिक विद्यालयका प्रअ रुकमान थेबे रहेको गाउँपालिका प्रवक्ता तथा वडा नं २ का वडाध्यक्ष लालकृष्ण चौहानद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ । कार्यदलको सल्लाहकारमा भाषा तथा संस्कृतविद् येहाङ (धनप्रसाद) लावती र अर्जुन मावोहाङ तथा सहप्रध्यापक अमर तुम्याङ हुनुहुन्छ । लावती फिदिम नगरपालिका–९ पाँचथर निवासी हुनुहुन्छ । मावोहाङ लालीगँुरास नगरपालिका–३ तेह्रथुमका र तुम्याङ सिरीजङ्घा गाउँपालिका–७ खेवाङका हुनुहुन्छ ।(रासस)
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com