ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज विश्व जनसङ्ख्या दिवस: नेपाल, भारत र बङ्गलादेशमा भने ‘पपुलेसन बोनस’


एबीसी / संवाददाता
असार २७, २०७८ आईतबार  ८ : ५७ बजे

काठमाडौं, २७ असार ।  आज विश्व जनसङ्ख्या दिवस । समाधानका लागि अधिकार र छनोट ; शिशु सङ्ख्यामा उच्च वृद्धि वा कम जे भए पनि प्रजनन दर सुधार गर्न प्रजनन स्वास्थ्य र सबै नागरिकको अधिकारको प्राथमिकीकरण नै हो भन्ने नाराका साथ मनाइँदैछ ।

कोभिड जित्न समग्र विश्वलाई आह्वान गर्दै यसपालि विभिन्न कार्यक्रम हुँदैछन् । सन् १९८९ देखि हरेक वर्ष जुलाई ११ तारिखमा विश्वभरिका जनसङ्ख्याका मुद्दाहरूलाई सम्बोधन गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो । कुनै पनि देशको भूगोल, संस्कृति, वातावरण, विकास लगायतका कुरामा जनसङ्ख्याले ठूलो प्रभाव पारेको हुन्छ ।

सन्तुलित जनसङ्ख्या बिना कुनै पनि देशको सुरक्षा, विकास दीगो भविष्यको कल्पना पनि गर्न सकिन्न । विश्वको शक्तिकेन्द्र तथा विश्वको जनसङ्ख्यामा आफ्नो अधिकतम स्थान राख्ने चीनले बढ्दो जनसङ्ख्याको भय बुझेर ‘एक सन्तान प्रणाली’ लागू गरेको थियो । तर पछिल्लो समय जनसङ्ख्याको निश्चित स्तर हासिल गर्न लामो समयको अध्ययन पछि सन् २०१५ मा दुई सन्तान जन्माउन अनुमति मात्र होइन कि आफ्ना नागरिकलाई आह्वान नै गरेको छ ।

यस्तै संसारमै सबैभन्दा व्यस्त जीवनशैली अपनाएका जापानीहरूलाई व्यक्तिगत तथा पारिवारिक समय निकाल्न तथा बढ्दो वृद्ध–वृद्धाहरूको जनसङ्ख्यासँग तालमेल मिलाउन योजनासहितका सन्तानप्राप्ति अर्थात् बच्चा जन्माउन प्रेरित गरिन्छ । अन्य धेरै देशहरूमा जनसङ्ख्याको एउटा निश्चित स्तर तथा सन्तान उत्पादनको निराशाजनक उदाहरणहरू बढ्न थालेका छन् ।

नेपाल, भारत र बङ्गलादेशमा भने ‘पपुलेसन बोनस’ भएको मानिन्छ । यसको अर्थ क्रियाशील जनसङ्ख्या अर्थात् १६ देखि ४९ सम्मका जनसङ्ख्या कुल जनसङ्ख्याको ६० प्रतिशत भन्दा बढी हुनु हो । यी जनस्रोतलाई राम्ररी प्रयोग गर्न सके विकास पर छैन । तर नेपाली जनशक्तिहरूको पसिना स्वदेशमा भन्दा विदेशमा बगिरहेको छ ।

उत्पादनमुखी उद्योग, कलकारखानाहरू बन्द हुनु तथा यसको वृद्धि र विकासमा उद्योगी तथा व्यवसायीहरूसँग तालमेल गरेर रोजगारीका नयाँ सम्भावनामा काम गर्न नसक्नुसँगै राजनीतिक अस्थिताका कारण विदेश जानेको सङ्ख्या बढ्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओलीको आकस्मिक कदम:वरिष्ठ वकिल बोलाएर कानुनी रणनीति छलफल

पूर्व गृहमन्त्री रमेश लेखक कटुन्जेबाट पक्राउ

सम्बन्धित

ओलीको आकस्मिक कदम:वरिष्ठ वकिल बोलाएर कानुनी रणनीति छलफल

पूर्व गृहमन्त्री रमेश लेखक कटुन्जेबाट पक्राउ

ओली–लेखक पक्राउको काउन्टडाउन सुरु:मध्यरातको निर्णय, बिहान घेराबन्दी

बालेनको सचिवालय टिम गठन :प्रमुख सल्लाहकारमा बेन, राजनीतिक सल्लाहकारमा असिम शाह अरु को को ?

सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री पोखरेललाई

अन्तर्राष्ट्रिय समुदायको तत्काल चासो : बालेन सरकारसँग काम गर्न उत्सुक छन् शक्ति राष्ट्रहरू !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com