ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कार्यदल बैठक शुरु हुन सकेन, नेता नेपालको सहमति आवश्यक भएको भन्दै नेपाल पक्षका सदस्यहरु कोटेश्वरमा


एबीसी / संवाददाता
असार २६, २०७८ शनिबार  ४ : ५८ बजे

काठमाडौं, २६  असार  । सत्तारुढ दल नेकपा (एमाले) को आन्तरिक विवाद मिलाउन सक्रिय कार्यदलको आजको बैठक अझै शुरु हुन सकेको छैन । बैठक बस्ने तयारी भइरहँदा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु कोटेश्वर पुग्नुभएको छ ।

सिंहदरवारस्थित अर्थमन्त्रालयमा दिउँसो २ः३० बजेका लागि बैठक तय भएको भएपनि केही विषयमा सहमति गर्न नेता नेपालको सहमति आवश्यक भएको भन्दै सो पक्षका सदस्यहरु नेता नेपालसँग परामर्श गर्न कोटेश्वर जानुभएको कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो ।

आजको बैठकमा कार्यदलका सदस्यले सहमतिको दस्तावेजलाई मोटामोटी टुङ्गो लगाउने तयारी गर्नुभएको थियो । नेता नेपाल पक्षका कार्यदलका सदस्यहरु एक घण्टाको समय माग गरेर कोटेश्वर हिड्नु भएपछि अध्यक्ष ओली पक्षका कार्यदलका सदस्यहरु उहाँहरुलाई पर्खेर बस्नुभएको छ । “हामी गृहकार्य गर्दै सिंहदरवारमा पर्खेर बसेका छौं, उहाँहरु परामर्शपछि बैठकमा आउँछौं भन्नुभएको छ” नेता नेम्वाङले भन्नुभयो ।

कार्यदलको बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्षका सदस्यहरुले सर्वोच्चमा पेश भएको हस्ताक्षर फिर्ताको प्रस्ताव राख्नु भएपछि सो विषयमा आफूहरु निर्णय लिन नसक्ने भन्दै नेपाल पक्षका सदस्यहरु थप परामर्श गर्न नेपाल निवास पुग्नुभएको हो । उहाँहरुबीच अहिले नेपाल निवासमा छलफल जारी छ ।

कार्यदलले विवादित विषयमा सहमति गरी साझा दस्तावेज तयार गरेपछि अध्यक्ष ओली तथा वरिष्ठ नेता नेपालसँग बसेर अन्तिम रुप दिने तयारी गरेको छ । हिजो बसेको कार्यदलको बैठकले सहमतिको दस्तावेज मस्यौदा गरेको बताएको थियो । आज मध्यान्ह वरिष्ठ नेता नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच नेपाल निवासमा भेटघाट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओलीको आकस्मिक कदम:वरिष्ठ वकिल बोलाएर कानुनी रणनीति छलफल

पूर्व गृहमन्त्री रमेश लेखक कटुन्जेबाट पक्राउ

सम्बन्धित

ओलीको आकस्मिक कदम:वरिष्ठ वकिल बोलाएर कानुनी रणनीति छलफल

पूर्व गृहमन्त्री रमेश लेखक कटुन्जेबाट पक्राउ

ओली–लेखक पक्राउको काउन्टडाउन सुरु:मध्यरातको निर्णय, बिहान घेराबन्दी

बालेनको सचिवालय टिम गठन :प्रमुख सल्लाहकारमा बेन, राजनीतिक सल्लाहकारमा असिम शाह अरु को को ?

सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री पोखरेललाई

अन्तर्राष्ट्रिय समुदायको तत्काल चासो : बालेन सरकारसँग काम गर्न उत्सुक छन् शक्ति राष्ट्रहरू !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com