ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री बन्न प्रचण्डलाई प्रस्ताव , पाँच वर्ष सरकार चलाउनुहोस् हामी सहयोग गर्छौ – ओली


sharan sharan

काठमाडौं,१५ पुस   ।  वाम ‛एकता भाँड्न र विथोल्न धेरै प्रयास भए, प्रचण्ड जीलाई त हामी सहयोग गर्छौं पाँच वर्ष सरकार चलाउनुहोस् भन्ने प्रस्ताव समेत आएछ ।′ मञ्चमा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डतिर हेर्दै ओलीले भने , ‛उहाँलाई माया गरेर ५ वर्ष सरकार चलाउ भनेको हो त,? देश विकास गर्न भनेर यस्तो प्रस्ताव आएको हो त ? हैन, यो त विथोल्न खोजेको हो ।′?
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम एकता हुन नदिन धेरै प्रयास भैरहेपनि त्यो सफल नहुने बताएका छन् । पार्टी उपाध्यक्ष वामदेव गौतमको पुस्तक विमोचन समारोहमा ओलीले पार्टी एकताको कुरालाई आमनागरिकले नै अनुमोदन गरेकाले यसमा तलमाथि नहुने प्रष्ट समेत बताए ।

केही दिनअघि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्डलाई प्रधानमन्त्री बन्न प्रस्ताव गर्नुभएको थियो । देउवाको प्रस्तावलाई प्रचण्डले पनि अस्वीकार गर्दै आउनुभएको छ उनले भने ।
पुस्तक विमोचन कार्यक्रममा ओली भन्दा अगाडि बोलेका प्रचण्डले पनि एमाले र माओवादीबीच एकता हुन नदिन धेरै चलखेल भएको भन्दै यसलाई असफल पारेर आफूहरु अघि बढ्ने बताउनुभयो । दुई पार्टी एक हुने र अब बन्ने वामपन्थी सरकारले देशमा आर्थिक सम्बृद्धि ल्याउने दुवै नेताको दावी छ । ‛पार्टी एकतालाई विथोल्ने प्रयास अब सम्भव छैन, नागरिकले विश्वासका साथ सुम्पेको जिम्मेवारी पूरा गरेरै छाड्छौं′ ओलीले भने, ‛नयाँ सरकार गठनसँगै देश आर्थिक सम्वृद्धि र विकासको बाटोमा अघि बढ्छ, बढ्छ । कसैले रोक्न सक्दैन ।′

नयाँ सरकार बन्न नदिन कांग्रेसले संविधानको अपव्याख्या गरेर अड्काउन खोजेको ओलीको आरोप छ । कांग्रेसको नाम नलिइकन ओलीले भने, ‛नयाँ सरकार बन्न नदिन र रोक्न खोज्न प्रयास भैरहेको छ, जुन अलोकतान्त्रिक प्रयास हो ।′

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिजिट भिसा प्रकरणको गहिरो छानबिन आवश्यक छ- अध्यक्ष प्रचण्ड

भ्रष्टाचार सम्बन्धी अनुसन्धानलाई सरकारले कमजोर बनायो- प्रचण्ड

सम्बन्धित

स्पेन प्रकरण, भिजिट भिसामा गएकाहरू फर्के नफर्केको जाँच प्रहरीले गर्ने

सेयर बजार ४ महिनाकै उच्च, बैंकमा आकर्षण

तरुण दल केन्द्रीय समिति भंग गर्नुपर्ने माग राखेर सानेपामा नाराबाजी

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

गणतन्त्र दिवस मनाउन झाँकीसहित सडकमा ओर्लियो एमाले (तस्बिरहरू)

राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com