ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युरो कप २०२० : स्वीट्जरल्यान्डलाई पेनाल्टी सुट आउटमा हराउँदै स्पेन सेमिफाइनलमा


एबीसी / संवाददाता
असार १९, २०७८ शनिबार  ६ : ५८ बजे

काठमाडौं, १९ असार । स्वीट्जरल्यान्डलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै तीन पटकको च्याम्पियन स्पेन युरो २०२० को सेमिफाइनलमा पुगेको छ ।

सुरुआतदेखि नै स्वीट्जरल्यान्डको रक्षापंक्तिमाथि निरन्तर आक्रमण गरेको स्पेनले आठौं मिनेटमा डेनिस जकारियाले गरेको आत्मघाती गोलसँगै अग्रता लिएको थियो । स्पेनले पाएको कर्नरमार्फत् आएको क्रसमा डिफेन्डर जोर्डी अल्बाले पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार जकारियाको खुट्टामा लागेर गोलमा परिणत भएको थियो ।

पहिलो हाफमा १-० ले पछि परेको स्वीट्जरल्यान्डले दोस्रो हाफको सुरुआतदेखि नै आक्रामक शैली अपनाएको थियो ।बल पोसेसनमा हाबी बनेको स्पेनमाथि काउन्टर अट्याकको फाइदा उठाउँदै स्वीट्जरल्यान्डले ६८औं मिनेटमा आजका कप्तान शेर्डेन शकिरीको गोलसँगै बराबरी गरेको थियो ।

दुई स्पेनिस डिफेन्डर अलमलमा परेको फाइदा उठाउँदै रेमो फ्रेउलरले कप्तान शकिरीलाई सुन्दर पास दिएका थिए । शकिरीले सोही पासको सदुपयोग गर्दै स्पेनिस गोलकिपर उनइ सिमोनलाई बिट् गर्दै स्वीट्जरल्यान्डलाई बराबरीमा ल्याएका थिए ।

त्यसको ९ मिनेट नबित्दै स्पेनिस फरवार्ड जेरार्ड मोरेनोमाथि खराब फाउल गरेका फ्रेउलरले रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिनु परेको थियो । फ्रेउलरले रातो कार्ड पाएसँगै १० जना खेलाडीमा सीमित भएको स्वीट्जरल्यान्डले ९० मिनेटसम्म स्पेनलाई रोकेर अतिरिक्त समयमा लगेको थियो ।

अतिरिक्त समयमा पनि थप गोल हुन नसकेपछि खेल पेनाल्टी सुट आउटमा पुगेको थियो ।समूह एको तेस्रो स्थानमा रहेर अन्तिम १६ मा पुगेको स्वीट्जरल्यान्डले क्‍वार्टरफाइनल प्रवेशका लागि फ्रान्सलाई पराजित गरेको थियो । निर्धारित ९० मिनेटको खेल ३(३ गोलको बराबरीमा टुङ्गिएसँगै खेल अतिरिक्त समय हुँदै पेनाल्टी सुट आउटमा पुगेको थियो ।

पेनाल्टीमा सुरुआती पाँच प्रहारलाई गोलमा परिणत गरेको स्वीट्जरल्यान्डले फ्रेन्च फरवार्ड एम्बाप्पे असफल हुँदा जित निकाल्न सफल भएको थियो ।त्यस्तै, समूह ईको उपविजेताको रूपमा अन्तिम १६ मा पुगेको थियो । प्रि-क्‍वार्टरफाइनलमा क्रोएसियामाथि अतिरिक्त समयमा ५-३ को जित निकाल्दै अन्तिम ८ मा स्थान बनाएको हो । आजको जितसँगै सेमिफाइनलमा पुगेको स्पेनले आज राति नै हुने इटाली र बेल्जियमको विजेतासँग बुधबार खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

सम्बन्धित

नेपालको राजनीतिमा सत्ता निरन्तरताको लोभले निम्त्याउन खोजेको कुरूप यथास्थिति

झापा ५ : कार्यकर्ताले नै मत नदिने डर बढ्दो, पुराना दलहरू चिन्तित !

‘हामी झापाली’ ट्रेन्ड सहितको भावनात्मक ओली रणनीति शुरु, अब बालेन के गर्लान् ?

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

कर्णालीको रोचक निर्वाचन क्षेत्र, कहिल्यै कोही सांसद दोहिरन पाएनन्, अहिले के होला ? (विस्तृतमा)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com