काठमाडौं, १८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दलका नेताहरुले अहिले कोरोना खोप नदेऊ भनेर लबिङ गरिरहेको आरोप लगाउनुभएको छ । नेकपा एमालेको केन्द्रीय समिति बैठकलाई शुक्रबार सम्बोधन गर्दै ओलीले सो आरोप लगाउनुभएको हो । उहाँले भन्नुभयो ‘केही दलका साथीहरूले अहिले भ्याक्सिन नदेऊ, हाम्रो सरकार आएपछि दिनू भनेर लबिंग गरिरहेका छन्,’ भारतबाट दोस्रो डोज नआउँदा समस्या भए पनि अब खोपको समस्या नहुने उहाँको भनाइ थियो । ‘अब भ्याक्सिनको समस्या छैन । पर्सिदेखि चाहिने जति भ्याक्सिन आउँछ ।’
प्रतिक्रिया दिनुहोस्