ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाको नयाँ भेरियन्टबाट कसरी जोगिने ? विज्ञ के भन्छन् ?


ABC NEWS
पुस १२, २०८० बिहीबार   ६ : २०   बजे

काठमाडौं १२ पुस । पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न मुलुकमा देखिएको छ। कोरोनाको नयाँ भेरियन्ट जेएन।१ को संक्रमण भारत, बेलायत, न्युजिल्यान्ड लगायत मुलुकमा देखा परेको छ। कोरोनाको पछिल्लो भेरियन्ट चाँडो फैलिने चिकित्सकले बताएका छन्।

मानिसमा छिटो फैलिए पनि कोरोनाको पछिल्लो भेरियन्टले मानव स्वास्थ्यमा गम्भीर असर गरेको पुष्टि नभएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनले बताएका छन्। कारोनाको नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले नै कम घातक रोगको वर्गमा राखेको पुन बताउँछन्। अहिलेसम्मको स्थिति हेर्दा कोरोनाको नयाँ भेरियन्टबाट डराउनु पर्ने अवस्था नरहेको पुनको भनाइ छ।

भाइरस कमजोर छ भन्दैमा बेवास्ता भने गर्न नहुने पुन बताउँछन्। जेष्ठ नागरिक, बालबालिका र दीर्घरोगीलाई विशेष ख्याल राख्न डा. पुनले सल्लाह दिए।

‘यो भाइरसको नयाँ भेरियन्टले कुन उमेर समूहका मानिसलाई बढी प्रभावित पारिरहेको छ भन्ने रिपोर्ट सार्वजनिक भैसकेको छैन। तैपनि उहाँहरुले सजगता अपनाउँदा राम्रो हुन्छ,’ उनले भने।

कोरोनाको नयाँ भेरियन्ट भारतमा देखिएकाले नेपाल पनि जोखिममा रहेको वरिष्ठ जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी बताउछन्।

‘नेपाल र भारतबीच खुला सिमाना भएकाले जोखिम उच्च छ। नेपाल–भारत दैनिक लाखौँ मानिसको ओहोरदोहोर हुन्छ, त्यसकारण जोखिम पनि बढी छ,’ उनले भने।

नयाँ भेरियन्ट के होरु
कोरोनाको नयाँ भेरियन्ट जेएन।१, कोभिड–१९ भाइरसको ओमिक्रोन प्रजातिको उपप्रजाति भएको जनस्वास्थ्यविद् डा। मरासिनीले बताए। जुन ओमिक्रोनको नयाँ म्युटेसन भएर बनेको बताइएको छ।

कोरोनाको नयाँ भेरियन्टको लक्षण ओमिक्रोनको जस्तै देखिने चिकित्सक बताउँछन्। टाउको दुख्ने, नाकबाट पानी बग्ने, हाँछ्यु आउने लगायतका लक्षण देखा पर्ने डा। पुन बताउँछन्। हावापानी अनुसार भाइरसको लक्षण पनि फरक–फरक देखिने बताउदै पुन भन्छन्, ‘देश र मौसम अनुसार भाइरसको लक्षण फरक–फरक देखिएको छ।’

डा। पुन थप्छन्, ‘कोरोना महामारीमा श्वासप्रश्वासका बिरामी बढेका थिए। अहिले पनि चीन, भारतमा श्वासप्रश्वास सम्बन्धी बिरामी बढेको तथ्यांक छ।’

संक्रमणबाट जोगिन चिकित्सकको सल्लाह
जेएन.१ भाइरसको संक्रमण घातक नमानिए पनि यसबाट जोगिन भने चिकित्सकले सल्लाह दिएका छन्। आम मानिसले कोरोना संक्रमणबाट बच्नका लागि अपनाएका मापदण्ड पालन गरे कोरोनाको नयाँ भेरियन्टबाट पनि जोगिन सकिने डा। पुन बताउँछन्। पछिल्लो समय मानिसहरुले कोरानाबाट बच्ने मापदण्ड बिर्सिंदै गएको पनि पुनले बताए।

जाडो सिजन भएकाले पनि मानिसहरु एक ठाउँमा भेला भएर आगो ताप्न सक्ने बताउँदै पुन भनछन्, ‘दुरी कायम गर्नु पर्यो, त्यसो गर्नु भएन।’

मास्क लगाउने, दुरी कायम गर्ने, सेनिटाइजर प्रयोग गर्ने, हात धुने, कोरोनाविरुद्धको खोप नलगाएकाले पूर्ण डोजको खोप लगाउने लगायतका उपाय अपनाउन डा। पुनले सुझाएका छन्।

योे रोग नेपालमा फैलिन नदिन सीमानाका कडा पारिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले बताए।

देशभरिका सीमानाका र अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेस्क र तालिमप्राप्त स्वास्थ्यकर्मी खटाएको बुढोथोकीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

Auto Draft

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group