ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ज्वाला संग्रौला दम्पतीले सरकारी कागजपत्र कीर्ते गरे – प्रहरी


एबीसी / संवाददाता
असार १६, २०७८ बुधबार  ५ : १० बजे

काठमाडौ, १६ असार । आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौला दम्पतीले सरकारी कागजपत्र कीर्ते गरेको पाइएको प्रहरीले जनाएको छ । प्रहरी परिसर, काठमाडौंका प्रमुख अशोक सिंहले अनुसन्धानका क्रममा सरकारी लिखत कीर्ते गरेको प्रमाण फेला परेको बताउनुभयो ।

‘पक्राउ गरेर खनतलासी लिँदा संग्रौलाबाट जन्मदर्ता र उनका पति हिमाल उपाध्यायबाट नाता प्रमाणित र सम्बन्ध विच्छेदको कागज भेटिएको थियो,’ सिंहले भन्नुभयो ‘ती कागजपत्रलाई प्रमाणीकरण गर्न सम्बन्धित गाउँपालिकालाई पत्र लेख्दा फर्जी भेटिएको हो ।’ मुद्दा शाखाका डीएसपी नरेन्द्र चन्दका अनुसार संग्रौलासँग पाँचथरको शैलुङ गाउँपालिकाबाट जारी भएको जन्मदर्ताको प्रमाणपत्र भेटिएको थियो । ‘४ असार २०७४ मा जारी भएको जन्मदर्तामा गाउँ विकास समिति उल्लेख थियो,’ चन्दले भन्नुभयो, ‘जबकि त्यसअघि नै गाविस खारेज भएर गाउँपालिका भइसकेको थियो, यही शंका लागेर थप प्रमाणीकरणका लागि पत्र पठाएका थियौं ।’

त्यसक्रममा संग्रौलाको जन्मदर्तामा हस्ताक्षर भएका सचिवले पनि त्यसबेला गाउँपालिकामा काम गरेको नदेखिएको प्रहरी बताउँछ । उनका पति उपाध्यायले चाहिँ नाता प्रमाणीकरणको पत्र कीर्ते गरेको चन्द बताउँछन् । उनका अनुसार अछामको मंगलसेन नगरपालिकाबाट नाता प्रमाणीकरणको कुनै पत्र जारी नभएको देखिएको छ ।

‘डिभोर्सको पत्र भेटिए दुवैजना सँगै थिए,’ ‘कागजपत्रबारे विस्तृत अनुसन्धान हुँदैछ चन्दले बताउनुयभो ।’ जापानमा बसेर सामाजिक सञ्जालमा उग्र स्टाटस लेख्दै चर्चामा आएकी संग्रौलालाई प्रहरीले ६ असारमा कुटपिटको अभियोगमा पक्राउ परेको थियो । पुरानो साथी खुश्बु (नविता) घिमिरेसँग सामाजिक सञ्जाल फेसबुकमा भएको आरोप–प्रत्यारोप प्रहरी वृत्त, गौशालासम्म पुगेको थियो ।

गौशालामा दुईपक्षबीच छलफल चलिरहेका बेला उनले प्रहरीकै सामुन्ने नवितालाई कुटपिट गरेको भन्दै किटानी जाहेरी परेको छ । दुवै पक्षलाई छलफल गराएर प्रहरीले मिलापत्र गराएर घटना सामसुम भएको थियो । तर महाराजगञ्जमा एक प्रहरीविरुद्ध रंगभेदी अभिव्यक्ति दिएपछि पुरानो घटना पनि चर्चामा आयो र उनी पक्राउ परेकी थिइन् । हाल रंगभेदी अभिव्यक्ति दिएको भन्दै ट्राफिक प्रहरी वृत्त, महाराजगञ्जका असई मणिकान्त झाले पनि उनीविरुद्ध जाहेरी दिएका छन् ।

काठमाडौंका एसएसपी सिंहका अनुसार संग्रौलाविरुद्ध अभद्र व्यवहारको कसूर, जातीय भेदभाव ऐन र सरकारी लिखत कीर्ते सम्बन्धी कसूरमा छानबिन भइरहेको छ । अभद्र व्यवहारको कसूरमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुनसक्छ । जातीय तथा अन्य छुवाछूत र भेदभाव (कसूर र सजाय)ऐन, २०६८ अनुसार ३ महिनादेखि ३ वर्षसम्म कैद र ५० हजारदेखि २ लाख ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मध्यपूर्वमा तनाव : पेन्टागनले २,००० अमेरिकी एयरबोर्न सैनिक पठाउने आदेश दियो

कांग्रेस सभापति गगन थापाले महाधिवेशन कार्यतालिका सार्वजनिक गरे

सम्बन्धित

ज्येष्ठ सदस्य केसीले पद तथा गोपनीयताको शपथ लिँदै

आजको मौसमः केही स्थानमा चट्याङसहित वर्षा हुने

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित पाँचजनाविरुद्ध मुद्दा

रविमाथिको अभियोग फिर्ता विवादमा आज पनि सुनुवाइ सकिएन

आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने

बालुवाटर छाड्दै कार्की, नयाँ प्रधानमन्त्री आउनेबित्तिकै टोखा सर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com