ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौं महानगरमा कुन वडामा कति संक्रमित ? विस्तृत विवरण सहित


एबीसी / संवाददाता

काठमाडौं, १५ असार ।  काठमाडौं महानगरपालिकाले असार १४ गते सार्वजनिक गरेको प्रारम्भिक विवरणमा काठमाडौं महानगरका ३२ वटा वडामा हालसम्म ६७ हजार ७३७ जना कोरोना सङ्क्रमित छन् । त्यस्तै होम आइसोलेसनमा तीन हजार ५४४ जना, अस्पतालमा २०९ जना, संस्थागत आइसोलेनमा १२९ जना र जम्मा सक्रिय सङ्क्रमित सङ्ख्या तीन हजार ८८२ जना छन् । यसैगरी हालसम्म ६३ हजार ३६९ जना सङ्क्रमण मुक्त भएका छन् भने ४८६ जनाले कोरोनाको कारणले ज्यान गुमाएका छन् ।

काठमाडौं महानगर वडा नम्बर १ मा ६२५ जना कोरोना सङ्क्रमित छन् । जसमा १९ जना होम आइसोलेसन, संस्थागत आइसोलेसनमा १ जना छन् । साथै छ सय निको भएका छन् भने पाँच जनाले ज्यान गुमाएका छन् ।
वडा नम्बर २ मा १३ सय १९ जना सङ्क्रमित छन् भने १२ सय ४१ जना सङ्क्रमण मुक्त भएका छन् । त्यस्तै होम आइसोलेसनमा ५६ जना, अस्पतालमा पाँच जना, संस्थागत आइसोलेसनमा पाँच छन् । साथै १२ जनाको मृत्यु भएको छ ।
वडा नम्बर ३ मा ३६ सय ६० जना सङ्क्रमित रहेकोमा २९ सय ६८ जना सङ्क्रमण मुक्त भएका छन् । साथै होम आइसोलेसनमा ६०२, अस्पतालमा ८०, संस्थागत आइसोलेसनमा पाँच छन् भने पाँच जनाको मृत्यु भएको छ ।
वडा नम्बर ४ मा ३२ सय ७४ जना कोरोना सङ्क्रमित रहेकोमा ३१ सय ७९ जना निको भएका छन् । साथै, ६० जना होम आइसोलेसनमा, पाँच जना अस्पतालमा, एक जना संस्थागत आइसोलेसनमा रहेका छन् भने २९ जनाको मृत्यु भएको छ ।
वडा नम्बर ५ मा १३ सय ७८ जना सङ्क्रमित भएका छन् । जसमा १२ सय सात जना सङ्क्रमण मुक्त भएका छन् । साथै १५५ जना होम आइसोलेसनमा छन् भने १६ जना मृत्यु भएको छ ।

वडा नम्बर ६ मा २५ सय ४८ जना सङ्क्रमित भएका छन् भने २३ सय २२ जना सङ्क्रमण मुक्त भएका छन् । साथै २०९ जना होम आइसोलेसनमा, १ जना अस्पतालमा छन् । त्यस्तै १६ जनाले सङ्क्रमणकै कारण ज्यान गुमाएका छन् ।
वडा नम्बर ७ मा २५ सय २४ जना सङ्क्रमित भएका छन् भने २३ सय ७६ जना सङ्क्रमण मुक्त भएका छन् । त्यस्तै १२३ जना होम आइसोलेसनमा, चार जना अस्पतालमा, दुई जना संस्थागत आइसोलेसनमा रहेका छन् । साथै सङ्क्रमित मध्ये १९ जनाको मृत्यु भएको छ ।
वडा नम्बर ८ मा ११ सय ७ जना सङ्क्रमित भएका छन् भने १० हजार ५० जनाले सङ्क्रमण मुक्त भएका छन् । होम आइसोलेसनमा २२ जना, संस्थागत आइसोलेसनमा २५ जना छन् । साथै १० जनाको मृत्यु भएको छ ।

वडा नम्बर ९ मा ३३ सय ६२ जना सङ्क्रमितमध्ये २५ सय २६ जना निको भएका छन् । त्यस्तै सङ्क्रमितमध्ये ८१९ जना होम आइसोलेसनमा, तीन जना अस्पतालमा, र पाँच जना संस्थागत आइसोलेसनमा  छन् । साथै ९ जनाको मृत्यु भएको छ ।
वडा नम्बर १० मा ३५ सय ६५ जना सङ्क्रमित  छन् । त्यसमध्ये ३४ सय ५७ जना निको भएका छन् । सङ्क्रमितमध्ये ७० जना होम आइसोलेसनमा, १८ जना अस्पतालमा छन् । साथै २० जनाको मृत्यु भएको छ ।
वडा नम्बर ११ मा २१ सय ४३ जना सङ्क्रमित हुँदा १७ सय ८७ जना निको भएका छन् । सङ्क्रमितमध्ये ३४४ जना होम आइसोलेसनमा, १ जना अस्पतालमा रहेका छन् । साथै ११ जनाको मृत्यु भएको छ ।
वडा नम्बर १२ मा ५६३ जना सङ्क्रमितमध्ये ५४१ जना निको भएका छन् । साथै पाँच जना होम आइसोलेसनमा, नौ जना अस्पतालमा रहेका छन् । त्यस्तै ८ जनाको मृत्यु भएको छ ।

यसैजरी जारी विवरणअनुसार वडा नम्बर १३ मा २८ सय ६२ जना सङ्क्रमितमध्ये २८ सय १४ जना सङ्क्रमण मुक्त भएका छन् । त्यस्तै ३३ जना होम आइसोलेसनमा, चार जना अस्पतालमा छन् । साथै ११ जनाको मृत्यु भएको छ ।
वडा नम्बर १४ मा ४७ सय ५९ जना सङ्क्रमित हुँदा ४७ सय १२ जना सङ्क्रमण मुक्त भएका छन् । साथै २८ जना होम आइसोलेसनमा, तीन जना अस्पतालमा र तीन जना संस्थागत आइसोलेसनमा छन् । त्यस्तै १३ जनाले सङ्क्रमणका कारण ज्यान गुमाएका छन् ।
वडा नम्बर १५ मा ३७ सय ४३ जना सङ्क्रमित हुँदा ३४ सय ८४ जना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमितमध्ये १३७ जना होम आइसोलेसनमा, २० जना अस्पतालमा, ६८ जना संस्थागत आइसोलेसनमा छन् । साथै ३४ जनाको मृत्यु भएको छ ।

वडा नम्बर १६ मा ६१ सय ७१ जना सङ्क्रमित भएका छन् । जसमध्ये छ हजार दुई जना सङ्क्रमण मुक्त भएका छन् । त्यस्तै सङ्क्रमितमध्ये ८४ जना होम आइसोलेसनमा, १९ जना अस्पतालमा रहेका छन् भने ६६ जनाको मृत्यु भएको छ ।
वडा नम्बर १७ मा १२ सय ९० जना सङ्क्रमितमध्ये १२ सय ३६ जना सङ्क्रमण मुक्त भएका छन् । साथै ३२ जना होम आइसोलेसनमा, चार जना अस्पतालमा, पाँच जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै सङ्क्रमितमध्ये १३ जनाको मृत्यु भएको छ ।
वडा नम्बर १८ मा २६९ जनामा कोरोना सङ्क्रमण भएको छ । त्यसमध्ये २६१ जना सङ्क्रमण मुक्त भएका छन् भने ६ जनाको मृत्यु भएको छ । अहिले सङ्क्रमितमध्ये दुई जना होम आइसोलेसनमा रहेका छन् ।
वडा नम्बर १९ मा ३२६ जना सङ्क्रमित भएका छन् भने त्यसमध्ये ३२३ जना निको भएका छन् । सङ्क्रमितमध्ये तीन जनाको मृत्यु भएको छ ।
वडा नम्बर २० मा ४८३ जना सङ्क्रमित हुँदा १३ जनाले ज्यान गुमाएका छन् भने ४५७ जना सङ्क्रमण मुक्त भएका छन् । त्यस्तै १३ जना होम आइसोलेसनमा  छन् ।
वडा नम्बर २१ मा ४२३ सङ्क्रमित हुँदा ४१० जना निको भएका छन् । साथै पाँच जनाको मृत्यु भएको छ । त्यस्तै अहिले आठ जनामात्रै होम आइसोलेसनमा छन् ।
वडा नम्बर २२ मा ५८४ जना सङ्क्रमित हुँदा १७ जनाले ज्यान गुमाएका छन् भने ५६६ जना सङ्क्रमण मुक्त भएका छन् ।

वडा नम्बर २३ मा ३९६ जना सङ्क्रमित हुँदा ६ जनाले ज्यान गुमाएका छन् भने ३८७ जना सङ्क्रमण मुक्त भएका छन् । त्यस्तै अहिले तीन जनामात्रै होम आइसोलेसनमा छन् । वडा नम्बर २४ मा २८३ जना सङ्क्रमित हुँदा नौ जनाको मृत्यु भएको छ भने २७० जना सङ्क्रमण मुक्त भएका छन् । त्यस्तै सङ्क्रमितमध्ये चार जना होम आइसोलेसनमा  छन् । वडा नम्बर २५ मा ५०३ जना सङ्क्रमितमध्ये ४९२ जना सङ्क्रमण मुक्त भएका छन् । त्यसमध्ये १० जनाले ज्यान गुमाएका छन् भने एक जना होम आइसोलेसनमा  छन् ।

वडा नम्बर २६ मा २६ सय ४८ जना सङ्क्रमित छन् । त्यसमध्ये २५ सय ५६ जना निको भएका छन् भने १५ जनाको मृत्यु भएको छ । अहिले संक्रमितमध्ये ६० जना होम आइसोलेसनमा, ११ जना अस्पतालमा, छ जना संस्थागत आइसोलेसनमा  छन् ।
वडा नम्बर २७ मा ६१७ जना सङ्क्रमित हुँदा १३ जनाको मृत्यु भएको छ भने ५९७ जना सङ्क्रमण मुक्त भएका छन् । सङुक्रमितमध्ये सात जना होम आइसोलेसनमा रहेको काठमाडौं महानगरद्वारा जारी विवरणमा उल्लेख छ ।
वडा नम्बर २८ मा ११ ५६ जनामध्ये दुई जनाले ज्यान गुमाएका छन् भने ११ सय १ जना सङ्क्रमण मुक्त भएका छन् । त्यस्तै ५२ जना होम आइसोलेसनमा र एक जना संस्थागत आइसोलेसनमा छन् ।

यसैगरी वडा नम्बर २९ मा २७ सय ३३ जना सङ्क्रमितमध्ये १२ जनाको मृत्यु भएको छ भने २६ सय ७८ जना सङ्क्रमण मुक्त भएका छन् । त्यस्तै ३२ जना होम आइसोलेसनमन, नौ जना अस्पतालमा र दुई जना संस्थागत आइसोलेसनमा छन् ।
वडा नम्बर ३० मा १४ सय २६ जना सङ्क्रमितमध्ये १३ सय ९२ जना सङ्क्रमण मुक्त भए भने २७ जनाले ज्यान गुमाएका छन् । त्यस्तै सङ्क्रमितमध्ये सात जना होम आइसोलेसनमा  छन् ।

वडा नम्बर ३१ मा ४४ सय ७८ जना सङ्क्रमित भएका छन् । त्यसमध्ये ४३ सय ६४ जना सङ्क्रमण मुक्त भए भने २३ जनाले ज्यान गुमाएका छन् । त्यसमध्ये ८६ जना होम आइसोलेसनमा र पाँच जना अस्पतालमा छन् ।
वडा नम्बर ३२ मा ६५ सय १९ जना सङ्क्रमितमध्ये छ हजर १३ जना सङ्क्रमण मुक्त भए भने २८ जनाले सङ्क्रमणकै कारण ज्यान गुमाएका छन् । त्यस्तै सङ्क्रमितमध्ये ४७० जना होम आइसोलेसनमा, आठ जना अस्पतालमा रहेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com