काठमाडौं, १५ असार । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अधिकार राष्ट्रपति कार्यालयबाट अपहरण भएको बताउनुभएको छ । मंगलबार संघीय संसद भवनमा आयोजित अन्तर्क्रियामा उहाँले संविधानको आत्मामाथि प्रहार भएको बेला आफू चुप बस्न नसक्ने बताउनुभएको हो । अध्यादेशबाट शासन गर्ने र अदालतको आदेश पालना नगर्ने कामले दुर्घटना निम्ताउने खतरा बढेको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्