ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागलुङ–पोखरा राजमार्ग अवरुद्ध


एबीसी / संवाददाता
असार १५, २०७८ मंगलबार  १२ : ३७ बजे

बागलुङ , १५ असार । पहिरोका कारण बागलुङ पोखरा सडक खण्ड अवरुद्ध भएको छ । पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर–८ चुवामा सडक माथिवाट खसेको पहिरोका कारण बागलुङ( पोखरा राजमार्ग १७ घण्टा देखि अवरुद्ध भएको हो । अवीरल रुपमा परेको बर्षाका कारण सोमबार साँझ ६ बजे खसेको पहिरोका कारण यातायात पुर्ण रुपमा अवरुद्ध भएको छ । सोमवार साँझ खसेको पहिरो तत्कालै पन्छाउने प्रयास गरिएपनि राति पुन पहिरो खसेर अवरुद्ध भएको थियो ।

मंगलवार बिहानै देखि सडक सुचारु हुने भनिएपनि सडकमा निकै ठुला ठुला ढुङ्गा भएकाले सडक सुचारु गर्न अझैं ६ घण्टा लाग्नसक्ने पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी देवि पाण्डे खत्रि जानकारी दिनुभयो । बिहानै देखि पहिरोको दुबैतर्फवाट एक्साभेटरको प्रयोग गरि पहिरो हटाउने कार्य भइरहेको छ, ठुला ठुला ढुङ्गा भएकाले अझैं करिव ६ घण्टा लाग्नसक्ने देखिन्छ, खत्रिले भन्नुभयो थप पहिरो नथपिएमा साँझ सम्ममा सडक संचालनमा ल्याउन सकिने गरि काम भईरहेको छ ।

यातायात ठप्प हुँदा बिरामी तथा अत्यावश्यक कामले पोखरा, काठमाडौं हिडेका र जिल्ला फर्कने यात्रुहरु अलपत्र परेका छन् । पहिरोका कारण केन्द्रीय प्रशारण लाइनका पोलहरु पुरिएका कारण धौलागिरि अञ्चलका चारवटै जिल्लाको विद्युत सेवा समेत अवरुद्ध भएको बनेको छ । विद्युत सुचारुका लागि अवरुद्ध लाइन मर्मत कार्य भईरहेको विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिव नारायण घोसालिले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस सभापति गगन थापाले महाधिवेशन कार्यतालिका सार्वजनिक गरे

नेताको घरमा जलेको पैसाको अनुसन्धान हुनुपर्छ : गगन थापा

सम्बन्धित

आजको मौसमः केही स्थानमा चट्याङसहित वर्षा हुने

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित पाँचजनाविरुद्ध मुद्दा

रविमाथिको अभियोग फिर्ता विवादमा आज पनि सुनुवाइ सकिएन

आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने

बालुवाटर छाड्दै कार्की, नयाँ प्रधानमन्त्री आउनेबित्तिकै टोखा सर्ने

सर्वोच्च अदालतको फैसला नआई कांग्रेसको नियमित महाधिवेशन हुन सक्दैन– देउवा पक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com