ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जोर बिजोरको आधारमा ठूला सार्वजनिक बस सञ्चालन, सबै पसल दिनभर खोल्न पाइने


एबीसी / संवाददाता

काठमाडौं, १५ असार ।  काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा आजदेखि निषेधाज्ञा खुकुलो बनाइएको छ। कोरोना सङ्क्रमणदर केही कम भएपछि जनजीवन सहज बनाउन भन्दै निषेधाज्ञा खुकुलो बनाइएको हो । तर जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न र सावधानी अपनाउन सरकारले आग्रह गरेको छ ।

विज्ञहरुले पनि निषेधाज्ञा खुकुलो भएको बेलामा सङ्क्रमण बढ्न सक्ने भएकाले विशेष ख्याल गर्न सुझाव दिएका छन् । काठमाडौं उपत्यकामा आजदेखि २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक बस जोर बिजोर प्रणालीमा सञ्चालन गर्न पाइने भएको छ।

आज बिजोर गते भएकाले बिजोर नम्बर भएका ठूला बस चल्न थालेका छन् । बिहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म मात्रै सार्वजनिक गाडी चलाउन पाइनेछ । स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै र भौतिक दूरी कायम गरी गाडी सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले आग्रह गरेको छ।

चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाउने तथा गाडीको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने नियम छ । त्यस्तै सहचालकले पञ्जा लगाउनुपर्ने र अनिवार्य रुपमा गाडी निसङ्क्रमित गर्नु पर्नेछ । निजी गाडीमा यस अघिदेखि नै जोर बिजोर प्रणाली सुरु भइसकेको छ ।

यसैगरी खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु, पूजा सामग्रीका पसल, खेलकुद सामग्री, स्टेशनरीरपुस्तक पसल बेलुका ६ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । डिपार्टमेन्टल स्टोर, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, टेलरिङ, सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय घरायसी सामग्री, अटोमोबाइल शोरुम, अटोमोबाइल पार्टस् पसल, इलेक्ट्रोनिक पसल, निर्माणजन्य सामग्री लगायतका पसल भने बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछ । यसअघि यी पसलहरुलाई वार तोकिएको थियो । सभा, सम्मेलन, गोष्ठी, सिनेमा हल, चिडियाखानालगायत भीडभाड हुने क्षेत्र भने खुल्ला गरिएको छैन । थपिएको निषेधाज्ञा आउँदो २१ गतेसम्म लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com