ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मदनको तस्वीर अगाडि ओलीको व्याटल


एबीसी / संवाददाता

काठमाडौं, १४ असार । दार्शनिकहरु भन्छन् घृणाले एउटा पनि समस्या समाधान गरेको छैन, बरू बढाएको छ । तर ५ पुसमा प्रतिनिधिसभा विघटनसँगै राजनीतिक संकटमा फसेको नेपालमा राजनीतिक दलहरूको भाषण सुन्दा लाग्छ, उनीहरु घृणाको ‘व्याटल’मा बहादुरीपूर्वक उत्रिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी राजनीतिक दलका शीर्ष नेता मात्रै होइन सर्वोच्च अदालतका न्यायाधीश र बुद्धिजीवीहरूमाथि पनि तिखो शब्द बाण प्रहार गरेका छन् । सोमबार सरकारी निवास बालुवाटारमा मदन भण्डारी फाउन्डेसनको आयोजनामा भएको कार्यक्रममा एमाले अध्यक्ष समेत रहेका ओलीले न्यायाधीश, बुद्धिजीवी र राजनीतिक दलका शीर्ष नेतामाथि पालैपालो खनिएका हुन् ।

डेढ घण्टा सम्बोधन गरेका ओलीले अधिकांश समय काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाका नेताहरूको आलोचनामै खर्चिए ।

सम्बोधनका क्रममा ओली सबैभन्दा बढी आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको कार्यशैली र राजनीतिक व्यवहारमाथि प्रहार गर्न पुगे । उनले नेता नेपाललाई प्रचण्डको पुच्छर, लाज सरम पचेको, अराजक, अनुशासनहीन र इमान नभएको भनेर टिप्पणी गरे ।

जननेता मदन भण्डारीलाई साक्षी राखेर ओलीले आफूबाहेक अरू सबै नेता, संवैधानिक निकाय र बुद्धिजीवी कोही पनि ठिक बाटोमा नहिँडेको टिप्पणी गर्न भ्याए । उनले आफू बाहेक अरू सबै राजनीतिक दल र तिनका नेताहरू झुट र बेइमानीको राजनीतिबाहेक केही नगरेको दाबी गरे । प्रधानमन्त्री ओलीले कसलाई के भने रु ओलीको भनाइका मुख्य अंश जस्ताको त्यस्तै स्

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार जननेता मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा घृणापूर्ण ‘व्याटल’को उत्कर्षमा पुगेर जवाफ फर्काएका छन् ।

ओलीको बोली

७० औं मदन भण्डारी जयन्तीको अवसरमा सोमबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले विपक्षी गठबन्धनका नेताहरु, सभामुख र सर्वोच्च अदालतको चर्को आलोचना गरे । त्यसक्रममा उनले केही अशोभनीय टिप्पणी समेत गरेका छन् ।

कांग्रेसले प्रचण्डपथ अँगाल्यो

अध्यक्ष ओलीले कांग्रेसमाथि प्रचण्डपथ अँगालेको आरोप लगाए । उनले भने, ‘नेपाली कांग्रेसका नेताहरु नै नाथुराम गोड्से खोजी गर्ने, खोजी गर्दा भेटिएन भने आफैं हुने भन्ने तहमा पुगेको भनेपछि प्रचण्डपथ नै अँगालेको हो ।’

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदकै लागि लोकतान्त्रिक मार्ग छोडेको ओलीले आरोप लगाए । आफूले संवैधानिक तरिकाले मध्यावधि चुनाव घोषणा गर्दा देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भाषालाई आफ्नै बनाएर ‘प्रतिगमन’ भनेको भन्दै उनले अघि भनेका छन्, ‘कांग्रेसले कु भनेको बिर्सिसकेछ । म देउवाजीलाई सोध्न चाहन्छु, माघ १९ चाहिं के थियो ? एउटा निर्वाचित प्रधानमन्त्रीलाई असंवैधानिक तरिकाले अपदस्थ गर्ने आश्विन १८ को घटनाचाहिं के थियो ?’

माधवकुमार नेपाल

–मैले धेरै अगाडि भनेको थिएँ । माधव नेपाल भनेको प्रचण्डको एउटा मामुली कार्यकर्ता हुन् । तर धाक के लगाएर हिँडेका छन् भने प्रधानमन्त्री केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राखेका छन् ।

–मलाई बहुला कुकुरले टोकेको छ र ? कोही काम नपाएर, कोही मान्छे नभेटाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव केपी ओलीले राख्ला ?

–यिनी एक ढंगले भन्ने हो भने प्रचण्डको पुच्छर हुन् ।

–जन्तु पूर्वतिर फर्कियो भने पुच्छर पश्चिमतिर हुन्छ , पश्चिमतिर फर्कियो भने त्यो (पुच्छर) पूर्वतिर हुन्छ । फर्किन्छ । पछाडि पछाडि संगै हुन्छ क्या त्यो । उनी यता जाउँ भने भने पछि पछि त्यतै लाग्छ । काँग्रेसतिर जाउँ भनेपछि त्यतै पछि पछि लाग्छ ।

–माधव नेपाल भन्ने एकजना काँग्रेसका पछाडि कुद्ने मान्छे छन् । अहिले नेपालको राजनीतिमा सबै जसोले नै चिन्छन् प्रायः । किनभने असाध्यै चर्चा भइरहेको छ कि यतिसम्म पनि मान्छे पतन हुन सक्दो रहेछ ।

–आफ्नो पार्टीको सरकार ढाल्ने प्रमुख प्रतिपक्षीको नेतृत्वमा सरकार बनाउने । कम्युनिस्ट आन्दोलन सिध्याउने अर्कोतिर लागिसक्ने अनि नेकपा एमालेको वरिष्ठ नेता हुँ भनेर हिँड्ने । यस्तो लाजसरम पचेको मान्छेको चर्चा सकारात्मक हिसाबले मात्रै होइन नकारात्मक हिसाबले हुन्छ नि । गान्धीको मात्रै चर्चा हुँदैन नाथुराम गोड्सेको पनि चर्चा हुन्छ ।

–बेसरमको पनि हद हुन्छ नि ,

पुष्पकमल दाहाल ‘प्रचण्ड’

– प्रचण्डले अस्ति राष्ट्रपति भन्दा त राजै राम्रो के के भने क्यार ।। मान्छेले छक्क माने । किन छक्क मान्ने छेपारोले रङ्ग एकएक छिनमा फेर्छ त । खैरो मुढामा गयो भने खैरो खैरो खालको रङ्ग बनाउँछ । अर्को हरियोमा गयो भने हरियो हरियो रङ्ग बनाउँछ । अलि कालो बोक्रो भएको ठाउँमा पुग्यो भने कालोकालो बनाउँछ । छेपारोले रङ्ग फेर्छ त ।

–कहिले कम्फर्टेबल सरकार बनाइदिन्छु भन्छ कहिले –यस्तो हुँदा पनि हाम्रा लोकतान्त्रिक छिमेकीहरू के हेरेर बसेका छन् रु किन हस्तक्षेप गर्देनन् भन्छ । कहिले गणतन्त्र ल्याउने मै हुँ भन्छ । कहिले गणतन्त्र भन्दा त राजतन्त्रै राम्रो भन्न पुग्छ । कहिले विदेशबाट हतियार ल्याएर नेपाली जनताको नरसंहार गर्छ ।

–कथाको पात्रजस्तो “निलवर्ण संघार” ।

– अहिले प्रचण्डपथको सुप्रिमकोर्टमा पनि चर्चा हुन्छ । फ्रान्स र बेलायतका राजाहरू किन काटिन्थे भन्दा अहिलेको राष्ट्रपति र प्रधानमन्त्रीले गरेजस्तै गर्दा रहेछन् पो काटिंदा रहेछन् अथवा अहिलेका राष्ट्रपति र प्रधानमन्त्रीलाई पनि काट्नुपर्छ ।

–त्यस्ता मान्छेलाई गुरु थापेर लोकतान्त्रिक इतिहास भएका पार्टीहरू प्रचण्ड पथमा हिँड्नु अचम्म लाग्छ ।

शेरबहादुर देउवा

– नेपाली काँग्रेसका नेताहरू नै नाथुराम गोड्से खोजी गर्ने, खोजी गर्दा भेटिएन भने आफैँ हुने भन्ने तहमा पुगेको भनेपछि प्रचण्डपथ नै अँगालेको हो ।

– शेरबहादुरजीको प्रधानमन्त्री फेरि हुने उत्कट इच्छाले उहाँले लोकतान्त्रिक मार्ग छोड्दिनुभयो । जनतामाथिको भरोसा छोड्दिनुभयो र केही जालीफटाहाहरु टिपेर कृत्रिम अलोकतान्त्रिक मार्गबाट प्रधानमन्त्री हुने बाटो समाउनुभयो ।

–तर, पार्लियामेन्टबाट भए हुन्थ्यो, अन्तैबाट हुनुपर्७शधवसयो । जनतामा गएको भए हुन्थ्यो, जनतामा जाने बाटो अवरोध गरेर अन्तैबाट ।

–जनतामा जाने कुरालाई उहाँले कू भन्नुभयो । जनतामा जाने प्रस्ताव कू हो भने १७ सालको चाहिँ के थियो, लोकतान्त्रिक अभ्यास थियो रु नेपाली कांग्रेसले कू भनेको बिर्सिसकेछ । म शेरबहादुर देउवाजीलाई सोध्न चाहान्छु–माघ १९ चाहिँ के थियो ?

–एउटा निर्वाचित प्रधानमन्त्रीलाई असंवैधानिक तरिकाले अपदस्थ गर्ने आश्विन १८ को घटनाचाहिँ के थियो ? कू थियो कि थिएन रु त्यतिबेर त कू भन्ने शव्द उहाँको मुखबाट आउने हिम्मत भएन त रु’

–अहिले जनताको बीचमा जाने संवैधानिक कुरा गर्दा चाहिँ कू भनेको छ, प्रतिगमन भनेको छ । प्रचण्डको भाषासमेत सापटी लिएर, सापटीमात्र होइन त्यो त उहाँले आफ्नै बनाइसक्नुभयो । दया लाग्छ । एउटा लोकतान्त्रिक आन्दोलनमा इतिहास भएको एउटा पार्टी यस ढंगले प्रचण्डपन्थी देखेर अचम्म लाग्छ ।

राष्ट्रिय जनमोर्चा

–अहिले हामीले हेर्‍यो भने राष्ट्रिय जनमोर्चाको एकजना प्रतिनिधि छ । त्यो एकजना प्रतिनिधिलाई कसरी मन्त्री बनाउन सकिन्छ रु उहाँहरुको राजनीति त्यति हो । हामीसँग हुँदा पनि त्यति हो, अहिले पनि त्यति हो ।

–त्यसका लागि उहाँहरु कहाँ पुग्नुभयो भन्दाखेरि, यताबाट हुँदैन भने काँग्रेसलाई समर्थन गरेर काँग्रेसको नेतृत्वमा सरकार बनार भएपनि मन्त्री हुने ।

–उहाँहरुको राजनीति कहाँ पुग्यो भन्दा विचारको राजनीति रहेन । वर्गीयताको प्रश्न रहेन ।

 न्यायाधीश र अदालत

–आश्चर्य लाग्छ सर्वोच्च अदालतले हिंसालाई यस्तो दुरुत्साहन गर्ने वक्तव्य दिँदा रोक्ने काम गरेको पाइएन ।

–यस्तो हिंसालाई दुरुत्साहन गर्ने काम अदालतमा गर्नुहुन्न अथवा विद्धान अभिवक्ता ज्यूहरु तपाईंहरुले आफ्नो वक्तव्य सम्हालेर राख्नुहोस् भनेर के न्यायमुर्तिहरुले सुझाव पनि राख्न सक्नुहुँदैन ?

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com