ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीले बालुवाटारमा किन सुनाए निलोवर्णको स्याल र छेपारोको कथा


एबीसी / संवाददाता

काठमाडौं, १४ असार ।  प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छेपारोको संज्ञा दिनुभएको छ । मदन भण्डारीको जन्मजयन्तीका अवशरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले प्रचण्डलाई दन्त्यकथाको ‘निलोवर्ण स्याल’ र ‘छेपारो’ सँग तुलना गर्नुभएको छ । उहाँले भन्नुभयो , ‘निलो वर्णको रङ भरिएको ठाउँमा स्याल पानी खान गयो। झुक्किएर भित्र खसेछ, स्याल पूरै निलो भयो। त्यसपछि स्याल जंगल गयो। ऊ त अर्कै रङको छ। उसले जंगलमा पुगेपछि म विशेष प्रकारको प्राणी हुँ भन्न थाल्यो। निल वर्णको म मात्रै यस्तो जीव हुँ भन्न थाल्यो। म जंगलको राजा हुँ भन्यो । जनावरले पत्याउँदै गए। सबैले होला भन्ठाने। अलिकति साँझ परेपछि अलिक पर स्याल कराउन थाले। त्यसपछि त्यो पनि ठाडो घाँटी लगाएर कराउन थाल्यो। स्यालको धर्म के हुन्छ भने अरु कराएपछि कराउनै पर्ने । स्याल भन्ने उसको कराउने धर्मबाट थाहा पाएपछि बाघले झप्पु दिएर समात्यो।’ ओलीले प्रचण्ड पनि त्यस्तै रहेको आरोप लगाउनुभयो। प्रचण्डले रङ फेर्दै हिँडेको नेपाली जनताले बिर्सिएको देखेर छक्क लाग्ने गरेको उहाँले बताउनुभयो । केही दिनअघि अहिलेका राष्ट्रपतिभन्दा राजामहाराजाको शान रहेको भन्ने अभिव्यक्तिप्रति लक्षित गर्दै ओलीले यस्तो भन्नुभएको हो । प्रचण्डले कहिले गणतन्त्र आफुले ल्याएको भनेर प्रचार गर्ने र कहिले राष्ट्रपतिभन्दा राजा राम्रो भन्दै रंग फेरेर हिड्ने गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com