ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रिट निवेदकहरूले अदालतलाई झुक्याए – महान्यायाधिवक्ता वडाल


एबीसी / संवाददाता

काठमाडौं, १४ असार । महान्यायाधिवक्ता रमेश वडालले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा रिट निवेदकहरूले अदालतलाई नै गुमराहमा राखेको आरोप लगाउनुभएको छ । संवैधानिक इजलासमा सरकारको प्रतिरक्षा गर्दै वडालले रिट निवेदनअनुसार यो मुद्दा संवैधानिक इजलासमा आउँदैनआउने तर्क गर्नुभयो । रिट निवेदनमा के लेख्नुभयो र अदालत कहाँ झुक्कियो ? १३३ को उपधारा २ र ३ अन्तर्गतको मुद्दा हो भने संवैधानिक इजलासमा आइपुग्दैन । १३७ को हो भने त्यो कुरा यहाँ उठेन ।

संवैधानिक इजलासमा १३३ को १ मात्र आइपुग्छ । तर, उहाँहरूको मुद्दा यो होइन । यो इजलासको क्षेत्राधिकार होइन । उहाँहरू जुन धारा टेकेर यहाँ आउनुभयो, त्यो धाराको कुरा यहाँ उठेन । उहाँहरूले अदालतलाई गुमराहमा राख्नुभयोु, महान्यायाधिवक्ता वडालले भन्नुभयो । राष्ट्रपति र प्रधानमन्त्रीमाथि संवैधानिक प्रश्न उठाइरहँदा यो इजलासमा मुद्दा संवैधानिक तरिकाले आयो कि आएन भनेर हेर्नुपर्ने उहाँले बताउनुभयो । हामीले स्वीकार गरे पनि हाम्रो कानुनी प्रबन्धले स्वीकार नगर्दो रहेछ । २०३१ सालको एक फैसलाअनुसार पक्षको सहमित वा स्वीकृति भएर मात्र हुँदैन ।

अधिकार क्षेत्र हुनुपर्नेछ । यसमा हुने फैसला लागू हुँदैन । फैसलाको वैधता हुँदैन । रिट निवेदक पक्षले अदालतलाई झुक्याए । रिट निवेदनको चार दिनको बहस गाली पुराण भयो । गालीको जवाफ गालीबाट दिन मिलेन । म कानूनी र संवैधानिक कुरा गर्छु । रिट निवेदकतर्फका कानुन व्यवसायीले बहुदलीय व्यवस्थालाई चुनौती दिइरहेको उहाँको जिकिर छ । वडालले भन्नुभयो मित्रको बहस सुन्दा हामी २०४६ को अन्त्यतिर छौँजस्तो लाग्यो । निर्दलीय पञ्चायती व्यवस्था राख्ने कि फाल्ने भनेर निर्णायक बहस गर्दै रहेछौँ । ११ फागुनको फैसलाले धारा ७४ लाई निष्क्रियजस्तै बनायो । हाम्रो संविधानले बहुलवाद स्वीकार्छ । वैधानिक समितिको प्रतिवेदन प्रस्तावनामा बहुलवादको कुरा राख्ने विषयमा विवाद भएपछि धारा ७४ राखिएको वडालको भनाइ छ । १६ बुँदे सम्झौतापछि बहुलवादको अवधारणासहित यो कुरा थपिएको उहाँले बताउनुभयो । दल कसलाई मान्ने ? धारा २६९ को एक शब्द पनि उच्चारण गरेनन् विद्वान् मित्रहरूले ।

दल हुनका लागि समान विचारधारा, समान दर्शन र समान कार्यक्रम चाहिन्छ । एउटा दलको सदस्य अर्को दलको सदस्यलाई प्रधानमन्त्री बनाउन जान्छ भने त्यो दल मान्ने की निर्दल ? उहाँले प्रश्न समेत गर्नुभयो । उहाँले जुनसुकै तरिकाले कार्यसमिति गठन गरिए पनि सामान कर्यक्रम, दर्शन र विचार नभएसम्म दलको अस्तित्व नहुने तर्क गर्नुभयो । एउटा दलबाट निर्वाचित हुने अनि प्रतिस्पर्धी दलको नेतालाई प्रधानमन्त्री बनाउन जाने र फेरि अदालसमक्ष आउने । हाम्रो संविधानले यही कल्पना गरेको हो ? उहाँले फेरि प्रश्न गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com