ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘सुरक्षाका कारण जननेता मदन भण्डारी सधैं रुखमुनि सुत्थे


एबीसी / संवाददाता

‘सुरक्षाका कारण जननेता मदन भण्डारी सधैं रुखमुनि सुत्थे’, त्यो बेलाको इतिहासलाई सम्झँदै ८१ वर्षीय बलबहादुर सुनुवारले भने। लुकीछिपी बस्ने र भेटघाट स्थल (सेल्टर० दिएर राखेको उनले थपे, ‘यो त्यही रुख हो, जुन रुखमुनि मदन रातभर सुत्नुहुन्थ्यो र दिनभर बैठकका लागि मेरो घरमा आउनुहुन्थ्यो।’

सिरहाको तत्कालीन विष्णुपुरकट्टी गाविस ३, हालको धनगढीमाई नगरपालिका १४ राईरैनी गाउँ र उदयपुरको कटारी नगरपालिका ६ सर्रेआम्बासीको सीमा क्षेत्र का ८१ वर्षीय बलबहादुरको घरदेखि हर्रोको रुख ५० मिटर पर छ। ‘त्यतिबेला कहाँ यस्तो सरसफाई र खुल्ला थियो र रु जताततै वनमारा र अन्य बोटविरुवाको घारी थियो’, उनले विगत सम्झिए, ‘ओढ्ने ओच्छ्याउने पनि थिएन, सेउला ओच्छ्याएर एक्लै सुत्नु हुन्थ्यो।’ उनले त्यतिबेला भूमिगत हिँडेका नेतालाई सेल्टर दिएको थाहा पाएको भए प्रशासनले आफ्नो परिवार नै सिध्याउन सक्ने उनको भनाइ छ। तर, पनि जोखिम मोलेर आफूले पनि परिवर्तनका खातिर देश र जनताका लागि सहयोग गरेको उनले स्मरण गरे। ताप्लेजुङको ढुंगेसाँघुमा जन्मिएका भण्डारी नेपाली राजनीति वृत्तमा निकै लोकप्रिय नाम हो। सादा जीवन उच्च विचारका साथ राजनीति यात्रामा प्रवेश गरेका उनको राजनीति यात्रा लामो रहे पनि नेतृत्वदायी भूमिका सिरहा र उदयपुरको सीमास्थलबाट सुरु भएको इतिहास भेटिन्छ।

सुनवारको घरबाट सुरु भएको दस्तावेज भेटिन्छ। यो भूगोल उदयपुर र सिरहाको सीमा विवाद चुरे क्षेत्र पनि हो। त्यही भुगोल जुनमा तत्कालीन नेकपा मालेको चौथो महाधिवेशन २०४६ भदौ ९ देखि १४ गतेसम्म भूमिगत तवरबाट भयो। अन्ततः नेतृत्व भण्डारीको काँधमा आयो। महासचिव पदमा निर्वाचित भएसँगै भण्डारीले प्रदिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ लाई अवधारणाको रूपमा लैजाने निर्णय सुरु भएको पाइन्छ।

तीन दशकअघि नेपालमा तानाशाही शासकहरूले कम्युनिष्ट पार्टीमाथि कडा प्रतिबन्ध लगाएपछि नेताहरू सुरक्षित स्थानको खोजीमा थिए। प्रतिबन्धित अवस्थामा नेता कार्यकर्ता धरपकट हुने सम्भावना भएपछि चुरे जंगलबीचको सर्रेआम्बासीलाई नेताहरूले सुरक्षित स्थान ठानी अधिवेशनस्थल बनाएको सोही ठाउँका नेपाल कम्युनिष्ट पार्टीका नेता उत्तरबहादुर मगरले बताए। बलबहादुरको घर पहिलादेखि नै नेताहरूको सेल्टर (लुकीछिपी बस्ने र भेटघाट स्थल) थियो।

त्यही बसेर पञ्चायती व्यवस्थाको अन्त्यका लागि विभिन्न खालका योजना बनाउने, पार्टीको नयाँ रणनीति, बैठक गर्ने ठाउँका रूपमा रहेको उनको भनाइ छ। ‘सुरक्षाको दृष्टिकोणले चौथो महाधिवेशन स्थलका रूपमा नेताहरूको रोजाइमा तत्कालीन सिरहाकै फुलवरियाकट्टी गाविस ६ मोतियाही थियो’, मगरले भने। तर काठमाडौंबाट आउनेक्रममा नेताले कार्यक्रम स्थल लगायतका महत्वपूर्ण निर्णय, दस्तावेजहरू बाटोमा झारेपछि प्रहरीले कागजात फेला पारेमा खतरा आइलाग्यो। ‘खतरा हुन सक्ने भन्दै सम्भावित हुन सक्ने खतरालाई जोगाउन स्थान परिवर्तन गरिएको हो’, उनले भने। त्यो कागजात प्रहरीले फेला पार्‍यो भने सबै नेताहरू एकैसाथ गिरफ्तार हुने खतरा रहेकाले सारिएको हुन सक्ने उनले बताए। ‘मदन भण्डारी, सिपी मैनाली, मोदनाथ प्र िश्रत, प्रदीप नेपाल लगायतका ५०/६० जना नेता आएर सात दिन लगाएर महाधिवेशन र बैठक गरेका थिए’, नेतालाई सेल्टर दिएर राखेको बलबहादुरले सुनाए।

सर्रेआम्बासीको रूपमा उक्त ठाउँ चिनिए पनि महाधिवेशन स्थललाई राईरैनी ठाउँमा पनि भन्ने गरिन्थ्यो। चारैतिर जंगल र बाँसघारी थियो। बजार नजिक थिएन। १४ किलोमिटर पर रहेको धनगढी र जिरोमाइल बजार भौगोलिक हिसाबले निकै टाढा थियो। आउजाउमा समस्या हुन्थ्यो, त्यसैले बजार जाने कुरै भएन। ‘नेताहरूले सम्झिनुभएछ, तरकारी गाउँतिरै पाइन्छ उतै किनेर खाउँला। चामल बोके पुग्छ भन्ने ठानेर बोकेर आउनुभएछ’, बलबहादुरले सुनाए, ‘तर हामीसँग तरकारीसम्म थिएन। बाँसका झ्याङ निकै थिए, त्यसबाट पलाएका तामा भाँचेर सात दिनसम्म त्यसकै तरकारी खुवायौं।’

ऐतिहासिक अवसर बोकेको यो ठाउँमा विकासको नाममा एउटा विद्यालय मात्र छ। १४ किलोमिटर नै कच्ची रहेकाले सडक सञ्जालको स्तरोन्नतीको खाँचो देखिन्छ। खोलाको किनारै किनारबाट पुगिने यो स्थलमा सडक, बिजुलीबत्ती, खानेपानी, पाठशाला, स्वास्थ्य संस्थाको उपस्थिति देखिँदैन। पाठशालाको नाममा मदन भण्डारी स्मृति माध्यमिक विद्यालय रहे पनि प्रभावकारी ढंगले सञ्चालन गर्न नसकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवास हमालले बताए। फाउन्डेसनले विद्यालयलाई प्राविधिक शिक्षाका रूपमा विकास गरी बाहिरबाट विद्यार्थी आउने वातावरण तयार गर्ने योजना अघि सारे पनि कार्यान्वयन नहुँदा समस्या भएको उनको भनाइ छ।

वडाध्यक्षदेखि नगरप्रमुखसम्म प्रष्ट बहुमत लिएर बसे पनि विकास निर्माणले प्राथमिकता पाउन सकेको छैन। वडाध्यक्ष ठडेन्द्र राईले सानातिना बजेट परे पनि देखिने गरी ठूलो बजेट नपर्दा विकास निर्माणमा कायापलट गर्न नसकिएको स्वीकार गरे। उनले भने, ‘मदन भण्डारीकी पत्नी विद्यादेवी भण्डारी स्वयं नै अहिले राष्ट्रपति हुनुहुन्छ, उहाँले पनि यो ठाउँ हेरेर जानु भएको छ। विकासका लागि पनि चासो देखाउनु भएको छ। केही हुनेमा आशावादी छौं।’

तत्कालीन महासचिव मदनको इतिहासलाई मेटिन नदिन मदन भण्डारी फाउन्डेसनले बलबहादुरको घर क्षेत्रमा नै ‘मदन भण्डारी स्मृति पार्क’ निर्माण योजना अघि सारेको छ। पहिलो चरणमा प्रदेश नम्बर २ का सोही क्षेत्रका प्रदेश सभा सदस्य मदनसेन श्रीवास्तवबाट निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत १० लाख ६७ हजार ६ सय ५१ रुपैयाँको लागतमा घेराबेरा सहितको पार्क तयारी गरिएको पार्क निर्माण समितिका समितिका अध्यक्ष डेकेन्द्र पाण्डेले बताए।

फाउन्डेसनले बलबहादुरका तीन भाइ छोराको नाममा रहेको १७ कठ्ठा जग्गा १९ लाखमा खरिद गरी पार्क निर्माण सुरु गरेको उनले बताए। उनले गुरुयोजना बनाई यसको विकास गरिने बताए। साइकल चढ्दै गरेको मदनको सालिक निर्माण, ताप्लेजुङको ढुंगेसाँघुमा रहेको घर भौगालिक विकटता र टाढा रहेकाले पनि त्यो घर झल्काउने गरी सोही आकारको कोसेली घर निर्माण गर्ने, त्यसभित्र भण्डारीसँग जोडिएका जीवनी, इतिहास, स्थानीय सामग्री राखिने योजना रहेको पार्क निर्माण समितिका उपाध्यक्ष भागवत राउतले बताए।

मदनका इतिहास देखिने योजना माग

‘जसरी ढुंगेसाँघु र दासढुंगा चर्चामा छन्, त्यसरी नै जिम्मेवारी लिएको स्थललाई चर्चामा ल्याउने योजना छ’, मदन भण्डारी फाउन्डेसन प्रदेश १ का सदस्य कालु लामाले भने, ‘काम अघि बढाउन सरकारी अवसर हेरिरहनुभन्दा आफंैबाट सुरु गरौं भनेर काम अघि बढाएका हौं।’ उनले बलबहादुरले उपलब्ध गराएको जग्गा अपुग रहेकाले जंगल क्षेत्र नमासी केही भूभाग राईरैनी सामुदायिक वनमार्फत डिभिजन वन कार्यालयलाई अनुरोध गरिएको बताए।

मदनका इतिहासलाई ऐनाजस्तै छर्लंग देखाउने गरी योजना बनाउन सके मात्र मदनलाई चित्रण गर्न सकिने प्रदेश नम्बर १ का योजना आयोगका सदस्य मिना भण्डारीले बताइन्। ‘यो ऐतिहासिक थलो हो’, उनले भनिन्, ‘यसलाई संरक्षण प्रर्वद्धन गर्ने उद्देश्यले पार्क बनाउन लागिएको हो।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com