काठमाडौं, १३ असार । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितको मुद्दामा सुनुवाइ भइरहेका बेला देउवापक्षीय वकिलहरूको समय विभाजनप्रति प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले प्रश्न उठाउनुभएको छ । उहाँहरुले बहसका लागि पाएका १२ घण्टामध्ये अब साँढे २ घण्टा बाँकी रहँदा सबै वकिलको दलीय आधारमा भागबण्डा पुर्याउन ३ मिनेटसम्मको समय बाँडफाँड गरेर इजलासमा पठाइएको छ ।आजको सुनुवाइमा बहस गर्न उभिनुभएकी वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई प्रधानन्यायाधीशले ३ देखि ५ मिनेट बहस गरेर के हुन्छ ? भन्ने प्रश्न राख्नुभएको थियो । राणाको प्रश्न थियो, ‘३/५ मिनेट बहस गरेर के हुन्छ? यो त जिस्काए जस्तो भयो । बहसमा उभिएर जाने हो र ? यति समयमा के बहस गर्नुहुन्छ ?’देउवा पक्षको बहस आज सकिने सम्भावना रहेको छ ।








प्रतिक्रिया दिनुहोस्