काठमाडौं, १३ असार । सर्लाहीमा पोखरी निरीक्षणमा गएका एक वडाध्यक्षको जेसीभीले प्रहार गर हत्या भएको छ । सर्लाहीको ईश्वरपुर नगरपालिका ३ भक्तिपुरका वडाध्यक्ष ५५ वर्षीय सूर्यकुमार श्रेष्ठको शुक्रबार राति जेसिभीको बकेटले प्रहार गरी हत्या भएको हो ।
वडा नं. ३ स्थित मुखलाल बाँधमा पोखरी विस्तारको अनुगमन गर्न जाँदा जेभिसीको बकेटले हिर्काएर वडाध्यक्षको हत्या गरिएको ईश्वरपुर नगरपालिकाका मेयर मनोज देवकोटाले पुष्टि गर्नुभयो । साँझमा नजिकैको पसलमा खाजा खानेक्रममा जेसिभीका चालक हर्कबहादुर तामाङ र वडाध्यक्षबीच बिबाद भएको थियो। शुक्रबार साँझ जेसीभीका ठेकेदार प्रेम दाहालसँगै श्रेष्ठ पनि पोखरी निरीक्षण गर्न बाँध स्थलमा गएका थिए । ‘बिवादका क्रममा आक्रोशित जेसिभी चालकले वडाध्यक्ष श्रेष्ठको टाउको र छातीमा बकेटले प्रहार गरेर वडाध्यक्ष श्रेष्ठको हत्या गरेको मेयर देवकोटाले जानकारी दिनुभयो ।
वडाध्यक्ष श्रेष्ठको हत्या गरेर शव त्यहि पुरेर चालक फरार भएका थिए । प्रहरीले जेसिभी चालक हर्कबहादुर तामाङ र जेसिभी धनी प्रेम दाहाललाई पक्राउ गरेको मेयर देवकोटाले जानकारी दिनुभयो। घटना विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्