ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद जोगाउनका लागि धारा ७६ (५) सांसदहरुलाई ह्विप नलाग्ने प्रवन्ध हो : प्रचण्ड


एबीसी / संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको धारा ७६को उपधारा ५ मा सांसदलाई ह्विप नलाग्ने गरेर विशेष अधिकार संविधान बनाउँदा नै राखेको स्मरण गर्दै संसद विघटन हुन नदिनका लागि त्यस्तो व्यस्था गरिएको बताएका छन् । प्रधानमन्त्री एवं नेकपा एमालेका केपी शर्मा ओलीले कुनै पनि सहमति कार्यान्वन नगरेको दोहराएका छन् ।

शनिबार विपक्षी गठबन्धनले मूलप्रवाहको मिडियाका सम्वादादाताहरुसंग गरेको अन्तरक्रियामा प्रचण्डले पार्टी एकता भएको अवस्थामा केपी ओलीले सम्झौता कार्यान्वयनगर्नुको साटो सधैं भर धोका दिएको बताए ।

‘संसद पहिलो पटक संसद पुनर्स्थापना र पार्टी विभाजनको भएको दुई महिनापछि बल्ल मलाई ओलीले फोन गरेर अर्को भ्रम पार्न खोजेका थिए प्रचण्डले भने ।

ओलीले अदालतलाई समेत धम्क्याउन थालेको प्रचण्डको आरोप छ । ‘संसद पुनर्स्थापना हुनुपर्छ शेरबहादुर देउवा नै प्रधानमन्त्री हुनैपर्छ। १४९ जना सांसदहरुको बहुमतसहित दाबी पेश भएकाले देउवा नै प्रधानमन्त्री हुनुपर्छ प्रचण्डले भने । शेरबहादुरजीले मलाई प्रधानमन्त्री चाहियो भन्नुभएको होइन। मैले र माधवजीले तयार हुनुस् भनेका हौं’

‘अदालतले संविधानअनुसार नै निर्णय गर्छ । केपी ओलीले अदालतलाई धम्क्याउन थालेका छन्, कहिले महान्यायाधिवक्तामार्फत् कहिले आफै’, प्रचण्डको भनाई थियो । ‘सर्वोच्चले संविधान, ऐन कानून र लोकतन्त्रका मूल्य मान्यताअनुसार नै फैसला गर्छ केही दिनपछि शेरबहादुर देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ भन्नेमा म ढुक्क छु उनले भने ।

‘मैले संविधान, नियम र कानुन अनुसार सर्वोच्च अदालतले फैसला गर्छ भन्दा प्रचण्डको सेटिङ भनेछन्, मेरो सेटिङमा नेपाल चल्ने भएत ? भन्दै प्रचण्डले आश्चार्य प्रकट गरे ।

प्रचण्डले राजाको विरोध गरेर आएकाहरू राष्ट्रपतिको कमजोरीमा बोल्न किन नपाउने भन्दै आक्रोश व्यक्त गरे ।
‘राष्ट्रपति ओलीको रबर स्ट्याम्प भएकै हो। त्यसको विरोध गर्न किन नपाउने ? राष्ट्रपतिको बारेमा बोल्न पाइदैन भन्ने हु इज केपी ओली ?,’ उनले आफूले राजा राम्रो भनेको नभई व्यंग्यात्मक शैलीमा आफ्नो भनाइ राखेको स्पष्ट पारे। ‘राष्ट्रपतिको बारेमा बोल्न पाइँदैन भनिदैछ। मैले राजाभन्दा बढी हुन खोज्नु भएन भन्न पो खोजेको हो नि। राजा ल्याउनुपर्‍यो भनेर भनेको त होइन नि।’
गत विहीबार ससम्पादकहरुर्संगको अन्तरक्रियामा प्रचण्डले वर्तमान राष्ट्रपतिको सामन्ती राजाहरुको जत्तिको शान र मान पनि नभएको केवल केपी ओलीले जे भन्यो त्यही गर्ने बनेको बताएका थिए ।
‘एमाले विवादका बारमा बोल्दै प्रचण्डले भने – माधवजी एमालेको खाटी नेता देखिनुभएको छ। उहाँको उचाइ बढेको छ। बरू ओलीको हाइट घटेको छ । प्रचण्डका अनुसार देशभर माधव नेपालको पक्षमा एमालेको बहुमत हिस्सा छ । ओलीको केवल सत्ताको दम्भ मात्र हो ।

कार्यक्रममा जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादले अव देउवालाई प्रधानमन्त्री बन्नबाट कससैले रोक्न नसक्ने बताएका थिए ।
सोही कार्यक्रममा एमाले बरिष्ठ नेता माधव नेपालले अहिले ओलीले आफूहरुको गठवन्धन टुटाउन प्रधानमन्त्री बन, देउवालई छोड्देऊ भन्न थालेको विवरण सुनाए ।
नेपालले भने यो माधव नेपाल पदको लोभी होइन, गठवन्धन छोड्दैन। र ओलीको ललिपपमा फस्ने वाला छैन । हाम्रा केही ससाथीहरु बालुवा पेलेर तेल निकाल्न सकिन्छ कि भनेर लागेका छन् । त्यस्तो भइदिए आफू गलत हुन तयार रहेको माधव नेपालले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com