ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लागुऔषध विरुद्धको दिवस : दुर्व्यसनमा युवा, किशोर किशोरीको सङ्ख्या बढ्दै जानु चिन्ताको विषय– गृहमन्त्री पौडेल


एबीसी / संवाददाता
असार १२, २०७८ शनिबार  ८ : २४ बजे

काठमाडौं, १२ असार ।  आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घको महासभाबाट सन् १९८७ मा घोषणा भइ हरेक वर्ष जुन २६ मा विश्व समुदायलाई लागुऔषधको असर र कारोबारबाट मुक्त बनाउने उद्देश्यका साथ दिवस मनाउने गरिन्छ ।

नेपालमा यस वर्ष लागुऔषधरहित परिवार स् स्वस्थ जीवनको आधार भन्ने नारा तय गरिएको छ । संयुक्त राष्ट्र सङ्घको विश्व लागुऔषध प्रतिवेदन २०२१ ले वर्षेनि लागुऔषध प्रयोगकर्ता बढ्दै गएको देखाएको छ । त्यस्तै नेपालमा एक लाख ३० हजार ४ सय २४ जना लागुऔषध प्रयोगकर्ता रहेको पछिल्लो प्रतिवेदनमा उल्लेख छ । लागुऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६ ले नेपालमा वार्षिक वृद्धिदर ५ दशमलव ०६ प्रतिशत रहेको आकलन गरेको छ । लागुऔषधका प्रयोगकर्ता तथा कारोबारमा युवा वर्ग संलग्न भएको तथ्याङ्कले देखाउँछ ।

दिवसका अवसरमा शुभकामना दिँदै गृहमन्त्री विष्णुप्रसाद पौडेलले दुर्व्यसनमा युवा, किशोर किशोरीको सङ्ख्या बढ्दै जानु चिन्ताको विषय रहेको बताउनुभएको छ । नेपालको जनसांख्यिकी लाभका रुपमा रहेको युवा समुदाय लागुऔषध नियन्त्रणको अभियानमा जुट्नुपर्नेमा उहाँको जोड छ । लागुऔषध कारोबारले अकालमै ज्यान जाने, अपराध र अराजकता बढाउने साथै एचआईभी, हेपाटाइटिस लगायतका रोगहरु पनि सर्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस सभापति गगन थापाले महाधिवेशन कार्यतालिका सार्वजनिक गरे

नेताको घरमा जलेको पैसाको अनुसन्धान हुनुपर्छ : गगन थापा

सम्बन्धित

बालुवाटर छाड्दै कार्की, नयाँ प्रधानमन्त्री आउनेबित्तिकै टोखा सर्ने

सर्वोच्च अदालतको फैसला नआई कांग्रेसको नियमित महाधिवेशन हुन सक्दैन– देउवा पक्ष

कांग्रेस सभापति गगन थापाले महाधिवेशन कार्यतालिका सार्वजनिक गरे

नेताको घरमा जलेको पैसाको अनुसन्धान हुनुपर्छ : गगन थापा

सर्वोच्चको फैसला कुर्दै कांग्रेस, गगन पक्षले मान्यता पाए औपचारिक विभाजनको संकेत

डोटीमा जिप दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com