ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सोलुखुम्बुका ८ मध्ये छ स्थानीय तहको नीति तथा कार्यक्रम सार्वजनिक


एबीसी / संवाददाता
असार १२, २०७८ शनिबार  ६ : ३३ बजे

सोलुखुम्बु, १२ असार । आठ स्थानीय तह रहेको सोलुखुम्बुमा छ स्थानीय तहले आगामी वर्षको नीति तथा कार्यक्रम सहितको बजेट ल्याएका छन् । असार १० गते भित्र स्थानीय सरकारले बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार एक नगरपालिका सहित ६ स्थानीय तहले नीति कार्यक्रम सहितको बजेट ल्याएका हुन् ।

सोलुदुधकुण्ड नगरपालिका, थुलुङदुधकोशी गाउँपालिका, नेचासल्यान, सोताङ, महाकुलुङ र खुम्बु पासाङल्हामु गाउँपालिकाले बिहिबार नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । यस्तै माप्यदुधकोशी गाउँपालिकाले कोरोनाका कारण तयारी नपुगेको भन्दै बजेट ल्याउन नसकेको जनाएको छ भने लिखुपिके गाउँपालिकाले वडातहबाट नै योजना छनौट हुन नसक्दा समस्या भएको जनाएको छ ।
जिल्लाको एक मात्र सोलुदुधकुण्ड नगरपालिकाले रु।५९ करोड ३ लाख ५४ हजार २ सय ६४ को बजेट पारित गरेको छ । नगर उपप्रमुख कल्पना राइले ८औँ नगरसभामा प्रस्तुत गर्नुभएको बजेटमा शिक्षालाई पहिलो प्राथमिकतामा राखिएको छ । कुल बजेटको ३५ प्रतिशत शिक्षामा विनियोजन गरेको नगरपालिकाले स्वास्थ्य तर्फ रु।४ करोड २२ लाख बजेट व्यवस्था गरेको छ ।

टेलिमेडिसीन सेवा सञ्चालन गरी नागरिकलाई विषेशज्ञ मार्फत परामर्श दिने व्यवस्था देखि वडा नं। १० स्थित टाप्टिङ स्वास्थ्य चौकीलाई प्राथमिक अस्पताल बनाउने लगायतका कार्यक्रम राखिएको उपप्रमुख राइले बताउँनुभयो ।
जिल्लाको गाउँपालिका मध्ये सबैभन्दा ठुलो रहेको थुलुङदुधकोशीले रु।४६ करोड ६२ लाख १६ हजारको बजेट सहित नीति तथा कार्यक्रम पारित गरेको छ । छैटौँ गाउँसभाबाट पारित गरिएको कार्यक्रममा भूमिहिन तथा सुकुम्वासीलाई घडेरी उपलब्ध गराउने देखि नगरपालिका बनाउने सम्म रहेको छ ।

गाउँपालिका अध्यक्ष असिम राइकाअनुसार शहिद तथा वेपत्ता परिवारलाई मासिक रु।२ हजार निर्वाह भत्ता उपलब्ध गराउने कार्यक्रम पनि पारित गरिएको छ । यस्तै सोही गाउँपालिकामा रहेका माझी समुदायका विद्यार्थीहरुको शैक्षिक उन्नयनका लागि एकमुष्ट वर्षीक रु।५ हजार प्रोत्साहन भत्ता उपलब्ध गराउने पनि कार्यक्रममा समावेश गरिएको छ । गाउँपालिकाले शुरु गरेको गौरवको आयोजनाहरु दुधकोशी सामुदायिक अस्पताल, थुलुङ दुधकोशी बहुप्राविधिक शिक्षालय, खेल ग्रामलाई आगामी वर्षको बजेटले प्राथमिकताका साथ समेटेको बताइएको छ ।

यस्तै जिल्लाको सोताङ गाउँपालिकाले स्वास्थ्यलाई पहिलो प्राथमिकता दिँदै रु।३५ करोड २९ लाख ५४ हजारको बजेट सहित नीति तथा कार्यक्रम पारित गरेको छ । गाउँसभाबाट पारित कार्यक्रममा ज्येष्ठ नागरिकको उपचार निःशुल्क गर्ने उल्लेख छ ।
यस्तै, नेचासल्यान गाउँपालिकाले सडकलाई पहिलो प्राथमीकतामा राखेर नीति तथा कार्यक्रम सहितको बजेट पारित गरेको छ । बिहिबार सम्पन्न नवौँ गाउँसभाबाट रु।४७ करोड १८ लाख ४० हजारको बजेट तथा कार्यक्रम पारित गरेको गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिनुभयो । जसमध्ये ४ करोड बढी बजेट सडकमा विनियोजन गरिएको छ । अण्डामा आत्मनिर्भर बन्नेदेखि रोजगार कोष स्थापना लगायतको कार्यक्रमलाई आगामी वर्षको बजेटले समेटेको उहाँको भनाइ छ ।

विश्वको सर्वोच्च शिखर रहेको खुम्बु पासाङल्हामु गाउँपालिकाको ९ औँ गाउँसभाबाट रु।३७ करोड ४७ लाख ५० हजारको बजेट पारित भएको छ । स्वर्गीय गाउँपालिका अध्यक्ष निमदोर्जी पर्यटन सडकलाई पहिलो प्राथमकितामा राखेर बिहिबार नीति तथा कार्यक्रम ल्याइएको गाउँपालिकाले जनाएको छ ।

उक्त सडकको लागि रु।२ करोड बढी बजेट व्यवस्था गरिएको छ भने कोभिड–१९ नियन्त्रणका लागि रु।१ करोड बजेट पारित गरिएको गाउँपालिकाले जनाएको छ ।

यस्तै जिल्लाको कर्णाली भनेर चिनिने महाकुलुङ गाउँपालिकाले रु।३१ करोड ६० लाख १८ हजार बजेट सहितको नीति तथा कार्यक्रम शुक्रबार पारित गरेको छ । बिहिबार गाउँसभामा पेश गरेको नीति तथा कार्यक्रम शुक्रबार अनुमोदन गरिएको गाउँपालिका प्रवक्ता सुभधनी कुलुङले जानकारी दिनुभयो ।

प्रदेश सरकारबाट सोलुखुम्बुलाई ३५ करोड

प्रदेश १ सरकार मार्फत आगामी आर्थिक वर्षका लागि सोलुखुम्बुलाई रु।३५ करोड बढी बजेट विनियोजन गरिएको छ । आगामी वर्ष खर्च गर्नेगरी जिल्लाका ८ स्थानीय तहका लागी प्रदेश सरकारबाट रु।३५ करोड ४५ लाख बजेट विनियोजन भएको हो ।

बिहिबार प्रदेश १ को प्रदेशसभा बैठकबाट उक्त बजेट सर्वसम्मत रुपमा पारित भएको छ । जस अनुसार प्रदेश सभा ९क० अन्तरगत पर्ने स्थानीय तहका लागि रु।२३ करोड १८ लाख र प्रदेश सभा ९ख० अन्तरगत पर्ने स्थानीय तहका लागि रु।१२ करोड २७ लाख बजेट विनियोजन भएको प्रदेशसभा सदस्य उत्तम कुमार बस्नेतले जानकारी दिनुभयो ।
प्राप्त जानकारी अनुसार सोलु दुुधकुण्ड नगरपालिकालाई रु।५ करोड ८१ लाख, माप्य दुधकोशी गाउँपालिकालाई रु।२ करोड १७ लाख, खुम्बु पासाङ ल्हामु गाउँपालिकालाई रु।२ करोड ७ लाख र लिखुपिके गाउँपालिकालाई रु। २ करोड २२ लाख विनियोजन भएको छ ।

यस्तै थुलुङ दुधकोशी गाउँपालिकालाई रु।९ करोड ६८ लाख, नेचासल्यान गाउँपालिकालाई रु।६ करोड ६२ लाख, सोताङ गाउँपालिकालाई रु।२ करोड ६ लाख र महाकुलुङ गाउँपालिकालाई रु। ४ करोड ८२ लाख बजेट विनियोजन भएको नेकपा एमाले प्रदेश १ संसदीय दलका प्रमुख सचेतक तथा प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले जानकारी दिनुभयो । जिल्लाको दुईवटा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्नुहुने प्रदेशसभा सदस्य राजभण्डारी र बस्नेतले यहाँको आवश्यकतालाई केन्द्रमा राखेर बजेटका लागि पहल गरेको बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस सभापति गगन थापाले महाधिवेशन कार्यतालिका सार्वजनिक गरे

नेताको घरमा जलेको पैसाको अनुसन्धान हुनुपर्छ : गगन थापा

सम्बन्धित

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com