ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनलाइन शिक्षाले आँखामा समस्या : सामुदायिकका भन्दा निजी विद्यालयका विद्यार्थीमा आँखाको समस्या बढी


एबीसी / संवाददाता
असार १२, २०७८ शनिबार  ६ : २९ बजे

काठमाडौँ, १२ असार । अधिक समय ‘ग्याजेट’मा व्यस्त हुँदा बालबालिकामा आँखाको समस्या आउन सक्ने चेतावनी विषेशज्ञले दिएका छन् । कोरोना महामारीका कारण बालबालिका विद्यालय जान पाएका छैनन् । वैकल्पिक सिकाइ अन्तर्गत अनलाइन कक्षा लिन बाध्य छन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका आँखा रोग विशेषज्ञ डा. सञ्जीव भट्टराईले धेरै समय स्क्रिनमा बिताउनुपर्दा बालबालिकामा आँखाको समस्या आउने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले धेरै बालबालिकाको ‘स्क्रिन टाइम’ बढिरहेको छ जसका कारण आँखामा धेरै समस्या देखापरिसकेको छ ।”

विशेषज्ञका अनुसार मोबाइल, कम्प्युटर, ल्यापटपमा लामो समयसम्म अध्ययन गर्दा आँखालाई आराम गर्ने समय हुँदैन र यस्ता स्क्रिनले हानिकारक किरण फाल्ने हुँदा बालबालिकाको आँखामा समस्या उत्पन्न हुन्छ ।
उहाँले आँखाभित्र आँसुलगायतको तरल पदार्थ सुक्दै जाने, सुक्खा हुने, पोल्ने, रातो हुने वा टाउको दुःख्ने समस्या आउने जानकारी दिनुभयो । बालबालिकाले धेरै समय स्क्रिन सामु बिताउँदा आँखा झिम्काउने पनि कम हुन्छ र त्यसले आँखा चिलाउने, पोल्ने समस्या हुनसक्छ । चिकित्सक डा. भट्टराईका अनुसार एक मिनेटमा १० देखि १२ पटक आँखा झिम्काउनुपर्छ । उहाँले सुझाव दिनुभयो, “२० मिनेट हेरेर २० सेकेन्ड आँखालाई आराम दिनुपर्दछ ।” मायोपिया भन्ने दृष्टिदोष देखिन सक्ने उहाँको भनाइ छ ।

अहिले धेरै बालबालिका घरमै ग्याजेट्ससँग बिताइरहेकाले आगामी दिनमा मायोपियाको समस्या झनै बढ्ने सम्भावना छ । मायोपियाको समस्या हुँदा बालबालिकालाई आँखा खुम्च्याएर हेर्ने, टाउको दुःख्ने, टाढाको वस्तु हेर्न गाह्रो हुन्छ ।
बाल आँखा विशेषज्ञ प्रा. डा.सविना श्रेष्ठले बालबालिकाको आँखालाई हरेक छ महिनादेखि एक वर्षभित्र जचाइराख्नुपर्ने सुझाव दिनुभयो । घरभित्रै अनेक थरिका ग्याजेटमा समय बिताउन बाध्य हुँदा आँखामा दबाब पर्न सक्ने बताउँदै उहाँले सामुदायिकका भन्दा निजी विद्यालयका विद्यार्थीमा आँखाको समस्या बढी देखिएको बताउनुभयो । अहिलेको अवस्थामा अनलाइन कक्षा नलिनू भन्न नमिल्ने बताउँदै डा. श्रेष्ठले थप्नुभयो, “अनलाइन कक्षा नलिँदा शैक्षिक सत्र नै खेर जाने खतरा हुन्छ । त्यसैले कक्षा हुँदा कम्प्युटरमा बसे पनि त्यसपछिको समयमा विद्यार्थीलाई स्क्रिनबाट टाढा राख्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस सभापति गगन थापाले महाधिवेशन कार्यतालिका सार्वजनिक गरे

नेताको घरमा जलेको पैसाको अनुसन्धान हुनुपर्छ : गगन थापा

सम्बन्धित

बालुवाटर छाड्दै कार्की, नयाँ प्रधानमन्त्री आउनेबित्तिकै टोखा सर्ने

सर्वोच्च अदालतको फैसला नआई कांग्रेसको नियमित महाधिवेशन हुन सक्दैन– देउवा पक्ष

कांग्रेस सभापति गगन थापाले महाधिवेशन कार्यतालिका सार्वजनिक गरे

नेताको घरमा जलेको पैसाको अनुसन्धान हुनुपर्छ : गगन थापा

सर्वोच्चको फैसला कुर्दै कांग्रेस, गगन पक्षले मान्यता पाए औपचारिक विभाजनको संकेत

डोटीमा जिप दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com