ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानन्यायाधीशको प्रश्न– प्रधानमन्त्रीले विश्वासको मत लिन नसक्ने भन्ने ठाउँ संसद् हो कि राष्ट्रपति कार्यालय ?


एबीसी / संवाददाता
असार ११, २०७८ शुक्रबार  २ : २२ बजे

काठमाडौं, ११ साउन ।   प्रतिनिधिसभा विघटनविरुद्ध प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १ सय ४६ जना सांसदले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । सुनुवाइका क्रममा इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ६ गते आफूलाई प्रतिनिधिसभाको विश्वास नभएकाले मार्ग प्रशस्त गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई अर्को प्रधानमन्त्री नियुक्तिका लागि प्रक्रिया सुरु गर्न लेखेको पत्रका बारेमा सोधेको छ । निवेदक सांसदहरूका तर्फबाट बहस गरिरहेका कानुन व्यवसायीलाई शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रश्न गर्नुभएको छ ।अधिवक्ता दिनमणि पोखरेलले बहस गरिरहेका बेला प्रधानन्यायाधीश जबराले सोध्नु्भयो ुम विश्वासको मत लिन सक्दैन भन्ने ठाउँ संसद् हो कि राष्ट्रपति कार्यालय ? जवाफमा अधिवक्ता पोखरेलले संसद्‌मा विश्वासको मत माग्न जानुपर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्रीले आफूलाई अप्ठ्यारो परेको भन्ने लागे राजीनामा दिनुपर्ने समेत बताउनुभयो । संसद्सँग त विश्वास माग्ने हो । उहाँलाई अप्ठ्यारो परेको भए राजीनामा दिएर जनतामा जाने हो । सत्ता टिकाउन तिकडम गर्ने होइन, उहाँको जवाफ थियो । पोखरेललाई त्यसअघि न्यायाधीश आनन्दमोहन भट्टराईले प्रश्न गर्नुभएको थियो । भट्टराईको प्रश्न थियो, विश्वासको मत लिने कुरा अब्लिगेसन हो कि अनिवार्य विधि? संविधानको धारा ७६ (३) मा संसद्को ठूलो दलको नेताको हैसियतमा नियुक्त प्रधानमन्त्रीले प्रतिनिधिसिभाबाट ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । सोही व्यवस्था बमोजिम ओलीले विश्वासको मत लिन नसक्ने भन्दै राष्ट्रपतिलाई पत्र लेखेर ७६ (५) बमोजिमको प्रधानमन्त्री नियुक्तिको प्रक्रिया थाल्न आग्रह गर्नुभएको थियो । न्यायाधीश भट्टराईको प्रश्नमा अधिवक्ता पोखरेलको जवाफ थियो, प्रधानमन्त्रीले विश्वासको मत त लिनैपर्ने हो । तर श्रीमान्, उहाँले विश्वासको मत लिन्नँ भन्नुभयो र राष्ट्रपतिले ७६ (५) को प्रक्रिया सुरु गरिसक्नुभयो ।
त्यसरी मार्ग प्रशस्त गरेको भनेका प्रधानमन्त्री ओलीले मार्ग अवरुद्ध गरेको पनि पोखरेलको भनाइ थियो । प्रश्न के हो भने मार्गप्रशस्त गर्छु भनेका प्रधानमन्त्रीले मार्ग अवरुद्ध पार्नुभयो र प्रतिनिधिसभा नै विघटन गर्नुभयो, उहाँले भन्नुभयो । संविधानको धारा ७६ (२) बमोजिम नियुक्त प्रधानमन्त्री प्रतिनिधिसभामा विश्वासको मतबाट असफल भई संविधानको धारा ७६ (३) अनुसार नियुक्त भएपछि विश्वासको मत लिन्नँ भन्ने कुरा संविधानको शपथविरुद्धको कदम भएको पनि पोखरेलले बताउनुभयो । त्यस्तो कदमलाई राष्ट्रपतिले पनि समर्थन गरेर असंवैधानिक कदम चालेको उहाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस सभापति गगन थापाले महाधिवेशन कार्यतालिका सार्वजनिक गरे

नेताको घरमा जलेको पैसाको अनुसन्धान हुनुपर्छ : गगन थापा

सम्बन्धित

बालुवाटर छाड्दै कार्की, नयाँ प्रधानमन्त्री आउनेबित्तिकै टोखा सर्ने

सर्वोच्च अदालतको फैसला नआई कांग्रेसको नियमित महाधिवेशन हुन सक्दैन– देउवा पक्ष

कांग्रेस सभापति गगन थापाले महाधिवेशन कार्यतालिका सार्वजनिक गरे

नेताको घरमा जलेको पैसाको अनुसन्धान हुनुपर्छ : गगन थापा

सर्वोच्चको फैसला कुर्दै कांग्रेस, गगन पक्षले मान्यता पाए औपचारिक विभाजनको संकेत

डोटीमा जिप दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com